हङकङमा नेपाली युवाले गरे आफ्नै बाबुको हत्या !

हङकङमा एक ३२ वर्षीय नेपाली युवा मचिन्द्र लिम्बूले आफ्नै बाबुको हत्या गरेका छन्। लिम्बूलाई बाबुको हत्या आरोपमा गएराति नै स्थानीय प्रहरीले पक्राउ गरेको छ।

लिम्बू र उनका बाबुबीच आइतबार झगडा हुँदा छोराले धारिलो हतियारले बाबुको टाउको र खुट्टामा आक्रमण गरेर बाबुको हत्या गरेको स्थानीय नेपालीले बताएका छन्।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बाबु–छोराबीच लेनदेनको विषयमा झगडा परेको र रिसको झोकमा लिम्बुले बाबुलाई किचनमा तरकारी काट्ने चक्कुले हानेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

पुर्ख्यौली घर नेपालको ताप्लेजुङको फुङलिङ भएका लिम्बु परिवार झापाको पृथ्वीनगर र विर्तामोडका स्थायी बासिन्दा हुन्।