स्पेनिस राजा कार्लोसद्वारा गद्दी त्यागको घोषणा

juan-carlos-spanish king४० बर्षको लामो शासनपछी स्पेनका राजा ज्वाँ कार्लोसले गद्दी त्यागको घोषणा गरेका छन| सोमवार राष्ट्रिय टेलिभिजन मार्फत गद्वी त्यागको घोषणा गर्दै ७६ बर्षिय राजा कार्लोसले नयाँ पुस्ता राजकाजको लागी सक्षम रहेको जनाएका थिए|४६ वर्षिय युवराज फिलिप अब स्पेनको राजा हुने भएका छन|सन् १९८१ मा सैनिक शासक जनरल फ्रान्कोको मृत्यु पछी कार्लोसले गद्वी सम्मालेका थिए|

राजा कार्लोसले स्पेनलाई प्रजातान्त्रिक पद्वतिबाट अगाडी बढाउदै थुप्रै राम्रा काम गरेका थिए|सन् १९८१ मा भएको शैनिक कु को विरुद्व रहेका राजा सन् २००४ को म्याडिट बम बिष्फोटबाट पिडित कैयौलाई राजा स्वयं भेट्न गएका थिए|जनतामाझ पपुलर रहेका राजा कार्लोसकी छोरी राजकुमारी क्रिष्टिना र ज्वाई संलग्न भनिएको भ्रष्टाचार काण्डले राजपरिवारप्रति जनताको विश्वास घट्दै गएको बिबिसीले जनाएको छ|उनको शासनकालमा पहिलो पटक राजपरिवारका सदस्य क्रिष्टिनालाई अदालतले सन् २०१२ मा बयानको लागि बोलाएको थियो|

स्पेनका कम्युनिष्टहरुले राजतन्त्रको बिषयमा जनमत सग्रहको माग गर्ने संभावना रहेको समाचारमा जनाईएको छ| तर स्पेनमा कम्युनिष्टहरुको उपस्थिति भने नगण्य छ ।