अष्ट्रेलियाकी पूर्व प्रधानमन्त्रीको टिममा कुलचन्द्र गौतम पनि

विश्वस्तरको प्राथमिक शिक्षा संसारका सवै देशहरुमा पुर्‍याउने उद्देश्यले स्थापना भएको ‘शिक्षाका लागि विश्व साझेदारी’ कार्यक्रमको एउटा टिममा नेपालका कुलचन्द्र गौतम छानिएका छन्।

kulchandra Gautamग्लोबल लिडर फर एजुकेशन नाम दिएको उक्त टिममा संयुक्त राष्ट्रसंघका पूर्व सहसचिव भइसकेका गौतमको नाम छानिएको हो।

‘शिक्षाका लागि विश्व साझेदारी’ कि अध्यक्ष अष्ट्रेलियाकी पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड छिन्। उक्त टिम गिलार्डले नै चयन गरेकी हुन्।

यसमा एसियाबाट गौतम, अफ्रिकाबाट संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नान, युरोपबाट बेलायतका पूर्व प्रधानमन्त्री गोर्डन ब्राउन, अमेरिकी प्रोफेसर जेफ्री स्याक र क्यारोल वेलेम छन्।

विश्वका प्रतिष्ठित व्यक्तिहरुको टिममा एसियाबाट गौतमलाई छान्नु गौरबको विषय मानिएको छ।

टिमले यही जुन २५ गते ब्रसेल्समा सम्मेलन गर्न लागेको छ।