स्पेनमा नेपाली भाषा कक्षा संचालन गरीने

स्पेनको कोस्टाब्लान्का क्षेत्रमा बसोबास गर्ने नेपाली बालबालिकाहरुका लागि नेपाली भाषा र संस्कृतिको परिचय गराउने nepal-spain-sociatyउद्देश्यले नेपाली कक्षाका साथै अन्य अतिरिक्त क्रियाकलापहरु संचालन हुने भएको छ | नेपाल स्पेन समाज बेनिडर्मको आयोजनामा उक्त कक्षा संचालन हुने भएको हो|

नेपाली भाषा तथा अतिरिक्त कक्षा यहि फेब्रुअरी १५ आइतबारदेखि प्रत्येक आइतबार १२ बजे बेनिडर्मस्थित युरोप बसपार्क टिकट काउन्टर नजिकैको स्थानमा संचालन गरीने नेपाल स्पेन समाज बेनिडर्मले जनाएको छ |

कोस्टा ब्लान्का क्षेत्रमा सबै भन्दा धेरै नेपालीहरु बेनिडर्ममा  बसोबास गर्दछन | यस क्षेत्रमा रहेका नेपाली समुदायको हितमा काम गर्ने उदेश्यले सन् २००९ मा नेपाल स्पेन समाज बेनिडर्मको स्थापना गरीएको थियो| स्थापना कालदेखिनै यस संस्थाले नेपाली हितका बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ|