बेल्जियममा मुक्तक सन्ध्या सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टरको आयोजनामा आगामी अगस्ट १६ र १७ मा हुन गैरहेको यूरोपस्तरीय नेपाली साहित्य सम्मेलनको प्रचारप्रसार र अभियानको थालनी स्वरुप यही ०८ फेब्रुअरीमा लुभेनमा मुक्तक सन्ध्या सम्पन्न भयो ।muktak sandhya photo 2

Muktak sanjh 1

मुक्तककार विमल गिरीको आतिथ्यतामा सम्पन्न सो सन्ध्याको प्रारम्भमा अनेसास नेदरल्याण्डका अध्यक्ष सूर्यराज गिरी, अन्तर्राष्ट्रिय कलाकार सँघका ग्लोवल अध्यक्ष एवँ अनेसास नेदरल्याण्डका सल्लाहकार पुष्प बरुवाल, एनआरएन बेल्जियमका महासचिव एवँ स्रष्टा माधव सापकोटा, जनसम्पर्क समिति यूरोपका महामन्त्री गँगाधर गौतमले सम्मेलन सफलताका लागि प्रतिबद्धता जाहेर गर्दै डायस्पोरीय साहित्यिक विकासवारे मन्तव्य व्यक्त गर्नु भएको थियो ।

अनेसास अध्यक्ष दीपेन्द्र के.सी.कोसभापतित्व, महासचिव दीपकज्योति पौडेलको उदघोषण र उपाध्यक्ष राजकुमार पुडासैनीले स्वागत गर्नुभएको सन्ध्यामा स्रष्टाहरु क्रमशः सौरव कारञ्जित, सूर्य गिरी, पुष्प बरुवाल (बुँद रानाको गजल सहित), विमल गिरी, दीपेन्द्र के.सी, दिपकज्योति पौडेल, राजकुमार पुडासैनी, नन्दु घले, परमानन्द सापकोटा, विष्णु सापकोटा, मोहन खत्री, माधव सापकोटा, बोधराज पौडेल, सुदाम अधिकारी, रोशन क्षेत्रीले मुक्तक र कविताहरु वाचन गर्नुभएको थियो । सन्ध्याको लागि यहाँका नयाँ पुस्ताका प्रकाश के.सी. र नवराज थापाले फोटो र मिडिया सँयोजन गर्नुभएको थियो ।