स्कट्ल्याण्डमा नेपाली भाषा पढाइँदै

बेलायतको स्कट्ल्याण्डको एबर्डिनमा नेपालीहरुको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले एबर्डिनबासी नेपालीका छोराछोरीलाई लक्षित गरी नेपाली भाषा पठन-पाठन कक्षा संचालन गरेको छ । नेपाली भाषा, कला, संस्कृतिको ज्ञान दिने उद्देस्यले हरेक २ हप्तामा २ घण्टाको दरले कक्षा सुरु गरिएको र छिट्टै समय बढाउने तयारी गरिएको संस्थाका अध्यक्ष टक बहादुर थापाले बताउनु भयो ।

फोटो साँकेतिक प्रयोजनका निम्ति मात्र
फोटो साँकेतिक प्रयोजनका निम्ति मात्र
एक औपचारिक कार्यक्रमसहित सुरु गरिएको नेपाली भाषा कक्षामा नेपाली बालबालीकाहरुको उल्लेख्य सहभागिता रहेको र प्रभाबकारी तरिकाले पढाईने भन्दै थापाले नेपाली बालबालिका समेत नेपाली भाषा पढ्न र लेख्न उत्सुक भएको बताउनु भयो । संस्थाले आफ्नै खर्चमा नेपाली भाषा कक्षा संचालनमा ल्याएको भए पनि आवश्यक परे आर्थीक सहयोग गर्न अविभावकहरु समेत इच्छुक रहेको बताइन्छ । एबर्डीनको माइल इन्ड प्राइमरी स्कुलमा संचालित सो नेपाली भाषा कक्षामा पाँच देखी पन्ध्र बर्ष सम्मका नेपाली बालबलिकाहरुलाई बिभिन्न समुहमा बिभाजित गरी प्रभावकारी तरिकाले पठन पाठन सुरु गरिएकोले नेपाली भाषा र संस्कृतिको जगेर्नाका लागि आ-आफ्ना बालबलिका पढ्न पठाउन पनि अनुरोध गरिएको छ ।

नेपाली भाषा कक्षा अध्यापनको लागी बिजय सिग्देलको सम्योजकत्वमा नेपालमा रहॅदा शिक्षण पेसामा लागेर अनुभब हासिल गरेका ब्यक्तीहरुको ७ सदस्यीय समिती गठन गरिएको छ, जस्मा टंक थापा, प्रकाश भट्ट, कबिता हुमागाईँ, मुकुल दाहाल, तोया सापकोटा र भुवन थापा रहनु भएको छ । स्कटिस् च्यारिटीमा दर्ता यो सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले बिभिन्न सामजिक कार्यमा नेपाल स्थित बिभिन्न संघ संस्थाहरु मार्फत सहयोग गर्दै आएको छ ।