सिधु पाजीले कपिल शर्मा शो छोड्ने

sidhu_kapilभारतीय अवकाशप्राप्त क्रिक्रेटर तथा कमेडियन नवजोत सिंह सिधु ‘कमेडी नाइट्स विथ कपिल’ शो छोड्ने भएका छन्।

कमेडियन कपिल शर्माले सञ्चालन गर्ने आएको कमेडी सो मा सिद्धुुले सूरुको एपिसोडबाट दर्शकलाई हँसाउदै आएका थिए । खासगरी उनले सुनाउने मुक्तकहरू विशेष मानिन्छन् । तर अब भने उनको हासोँ दर्शकले देख्न नपाउने भएका छन् । उनले सेप्टेम्बर महिनापछि उक्त सो छाड्ने घोषणा गरेका छन् ।

उनले आफूले कपिल वा ब्रोडकास्टर सोनसँग असमझदारीका कारण सो नछाडेको बताएका छन्। उनले आफू अहिले राजनितीमा जम्न चाहेको बताउदै आफू पार्टीगत काममा लाग्न लागेको बताएका छन्। उनले हालै आवाज ए पन्जाव पार्टी को स्थापना गरेका थिए।

उनले कमेडी नाइट विथ कपिल शोबाट वार्षीक २५ करोड पारिश्रमिक पाउँदै आएका थिए। सिधु पाजीको स्थानमा कसलाइ राखिने छ वा कस्तो खालको फेरबदल हुनेछ भनेर शोका तर्फबाट कुनै जानकारी हालसम्म गराइएको छैन ।