गैरकानूनी रूपमा थुनिएकालाई डेढ वर्षसम्म थुन्न सकिने कानून बनाउने बेल्जियन मन्त्रीको प्रस्ताव

बेल्जियमका अध्यागमन मन्त्री थियो फ्रान्केनले गैरकानूनी रूपमा थुनिएका व्यक्तिहरूलाई डेढ वर्षसम्म थुन्न सकिने कानून बनाउन प्रस्ताव गर्न लागेको यहाँको ‘द तेइद’ नामक मिडियाले जनाएको छ ।

theo-frankenहालको कानूनअनुसार कुनै पनि गैरकानूनी व्यक्तिलाई पक्राउ परेपछि ८ महिना भित्रमा डिपोर्ट गर्न नसके रिहा गर्नु पर्ने कानूनी बाध्यता छ । डिपोर्ट हुन नचाहने गैरकानूनी व्यक्तिहरूले कतिपय सन्दर्भमा सरकारी निकायलाई असहयोग गर्ने र सूचना लुकाउने गर्दा डिपोर्ट गर्न नसकिएको मन्त्री फ्रान्केनको गुनासो रहेको छ । त्यस्तै कतिपय देशका कुटनीतिक निकायले नै कागज बनाइ दिंदैनन् । यही समस्यालाई सम्बोधन गर्न नयाँ कानूनको प्रस्ताव गर्न लागिएको बताइएको छ ।

युरोपियन युनियनको कानूनअनुसार फिर्ता गरिने व्यक्तिहरूलाई बढीमा ६ महिना थुनामा राख्न सकिन्छ भने विशेष अवस्थामा त्यो समयका अलवा एक वर्ष थप गर्न सकिन्छ ।