सांग्रिला समाज बेल्जियमले गत वर्षको महाविनाशकारी भूकम्पबाट प्रभावित पर्वतको नाग्लिवाग स्थित एक विद्यालयलाइ सहयोग गर्ने भएको छ । नेपालका कलाकार द्वय देविका घर्ति मगर र याम क्षेत्रीको उपस्थितिमा गरिएको च्यारिटी कार्यक्रम मार्फत संकलन गरिएको झन्डै १ लाख ५० हजार रुपैया उक्त विद्यालयलाइ उपलब्ध गराउने भएको हो ।
कलाकारको उपस्थितिमा बेल्जियम, लक्जेम्बर्ग, पोर्चुगल र नेदरल्याण्डमा स साना च्यारीटी सम्पन्न भएका थिए । नेपाली कला संस्कृतिको प्रवद्धनका साथै मनोरञ्जनात्मक कार्यलाई सामाजिक बनाइएको अध्यक्ष खड्क बहादुर केसीले बताए ।