एनआरएन उपाध्यक्ष भवन भट्ट बेल्जियममा

गैर आवासीय नेपाली संघ युरोप क्षेत्रको शनिवार डेनमार्कमा हुन् गैरहेको नवौ क्षेत्रीय बैठक र सातौ महिला सम्मेलनमा भागbhawan bhatt लिन एनआरएन उपाध्यक्ष भवन भट्ट बेलायत हुदै बेल्जियम आएका छन । भट्टको आतिथ्यमा एनआरएन बेल्जियमले विहिवार बेल्जियमको लुभेनमा एनआरएन बिषयक एक कार्यक्रमको आयोजना सम्पन्न गर्यो ।

कार्यक्रममा भट्टले नेपालको आर्थिक समृद्विको लागि स्वेदश लगानी भित्र्याउनु पर्ने बताउदै सामुहिक लगानीमा जोड दिए । उनले पर्यटन नेपालको आयको मुख्य श्रोत भएको उल्लेख गर्दै पर्यटन प्रवद्धनको लागी प्रत्येक नेपालीले आ आफ्नो ठाउबाट मदत पुर्याउन सकिने समेत बताए ।

अर्का वक्ता एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठले एनआरएन नेपाल र नेपालीको हितको लागि नै स्थापना भएको र यसले नेपालमा परेका आपतकालीन एंव भैपरी आउने समस्यामा योगदान दिदै आएको उल्लेख गरे । श्रेष्ठले प्रवासमा रहेका नेपालीहरु बिच एक अर्काको सहयोग र एकताले नै सम्भव भएको जनाउदै एक अर्काको सहयोग र सद्वभावका  साथ अघि बढ्नु पर्नेमा जोड दिए ।

त्यसै गरी कार्यक्रममा एनआरएन युरोप सह संयोजक प्रेम गुरुङ, आइसीसी सदस्य जानकी गुरुङ र नेपाली व्यवसायी संघका अध्यक्ष सिपी भट्टले एनआरएन अभियानमा सबैले मिलेर काम गर्नु पर्ने बताए ।

एनआरएन बेल्जियमका सचिव राकेश कर्माचार्यद्वारा संचालित कार्यक्रममा एनआरएन बेल्जियमका सस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठ, पूर्व अध्यक्ष युवराज गुरुङ, एनआरएन आइसीसी सदस्य नेत्र मगर, पूर्व आइसीसी सदस्य शिव कुमार बरुवाल, तमु समाजका अध्यक्ष जीवन तमु, सांग्रिला समाजका अध्यक्ष खड्क बहादुर केसी, लुम्बिनी कपिलवस्तु अभियानका अध्यक्ष दामोदर आचार्य, प्रवासी नेपाली मंच युरोपका प्रतिनिधि नारायण आधिकारी, आदिवासी जनजाति महासंघका बाबुराजा लामा, युरो कलाकार संघका योगिता थापा, पत्रकार पुरुषोत्तम सुवेदी र अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष दीपकज्योति पौडेल लगायत नेपालीहरु सहभागी थिए ।

एनआरएन बेल्जियमका उपाध्यक्ष पदम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमममा सहभागीहरुलाई एनआरएन बेल्जियमका सचिव गोबिन्द अधिकारीले स्वागत गरेका थिए । नेपाल र नेपालीको हितको लागि गरिने एनआरएनका कार्यक्रमहरुमा एनआरएन बेल्जियमले सधै सक्दो सहयोग पुर्याउने कार्यक्रमका अध्यक्ष पदम गुरुंगले बताए  ।