सलमानले कट्रिनासंग माफी मागे

सलमान खानले कट्रिना कैफ संग माफी मागेका छन| कट्रिना कैफलाई कट्रिना कपुर भनेको विषयमा सलमान खानले नायिका कैफसँग माफी मागेका हुन्|salman-katrinaखानले बहिनी अर्पिताको बिहेमा आएकी आफ्नी पूर्व प्रेमिका कैफलाई ‘मैले त तिमीलाई खान बन्न मौका दिएको थिएँ तर तिमीले कपुर रोज्यौ‘ भनेका थिए|

‘मिड डे’ पत्रिकामा छापिएको समाचार अनुसार सलमान कट्रिनाको घरमै पुगेर बहिनीको बिहेमा आफु उत्साहित भएको कारण ख्यालै नगरी त्यसो भनेको पनि बताए| सलमानले माफी मागेपछि कैट्रिनाले आफ्नो मनमा खानप्रति कुनै दुखेसो नरहेको बताएकी छन|