म निर्दोष छु: नायिका बीना मल्लिक

नायिका बीना मल्लिकले आफू निर्दोष भएको र अदालतको आदेश हाँस्यापद भएको  बताएकी छन| संचारमाध्यम संग कुरा गर्दै ‘२६ वर्ष……. मतलब bina mallikपुरै जिन्दगी? दुई हप्ता अघिमात्रै बच्चा जन्माएकी महिलालाई अदालतले यस्तो सजाय सुनाउनै सक्तैन| म त पाकिस्तान गएर अस्पताल खोल्न चाहन्थे’, उनले भनिन |

दुई हप्ता पहिले आमा बनेकी उनि हाल दुबईमा छिन| बलिउडमा पनि काम गरिसकेकी पाकिस्तानकी नायिका बीना मल्लिकलाई ईश्वर निन्दा गरेको आरोपमा २६ वर्षको कैद सजाय सुनाइएको थियो। पाकिस्तानको जियो टिभीमा ईश्वरनिन्दा सम्बन्धी कार्यक्रम चलाएको टिभीका मालिक शाकिल उर रहमानलाई पनि दोषि ठहर्‍याएको छ|

जियो टिभीको बिहान प्रसारण हुने कार्यक्रम ‘उठो जागो पाकिस्तान’ कार्यक्रममा बिनाको बिहे र उनले मेहन्दी लगाएको भिडियो प्रत्यक्ष प्रसारण भएको थियो| टिभीमा म्युजिक बैण्डले ‘अलि के साथ है जहराका शादी’ भन्ने गीत गाएको पनि देखाइएको थियो| सो भिडियोप्रति आपत्ति जनाउँदै कट्टरपन्थी संगठनले त्यसपछि एन्टी टेररिज्म कोर्टमा मुद्दा हालेका थिए| मुद्दाको फैसला गर्दै न्यायाधीशले प्रस्तोतालाई पनि २६ वर्षको कैद सजाय सुनाएका छन।

अदालतले दोषी ठहर्‍याएका सबैलाई १३ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तिराइने भनेको छ| दोषी ठहर्‍याएका सबै जना पाकिस्तान बाहिर छन्|