शेष घले बेल्जियममा

डेनमार्कमा यहि जुलाईको अन्तिममा हुने एनआरएन युरोप क्षेत्रीय भेलामा सहभागी हुन युरोप आएका एनआरएन अध्यक्ष शेष घले बेल्जियम आएका छन । सोमवार बेल्जियम आएका घले संघ एनआरएन बेल्जियमले सोमवार साँझ एनआरएन बिषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागी भएका अध्यक्ष घलेले  नेपालको 13782107_1225427927475552_1059896694381448909_nसम्वृद्धिको लागि सबैले मिलेर काम गर्नु पर्ने बताए ।

एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार दिल गुरुङ, एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठ, युरोप सह संयोजक प्रेम गुरुङ,  महिला संयोजक रजनी प्रधान, एनआरएन बेल्जियमका सस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, एनआरएन पूर्व अध्यक्ष युवराज गुरुङ, सल्लाहकार इन्द्र क्षेत्री, नेपाली व्यावसायी संघका अध्यक्ष सिपि भट्ट, तमु समाजका अध्यक्ष जीवन तमु, पूर्व सचिव माधव सापकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य बेल्जियमका सदस्य नन्दराज घले, जन सम्पर्क समिति बेल्जियमका सल्लाहकार गोबिन्द सुबेदी, पत्रकार ओम शर्मा लगायत नेपालीहरुको सहभागिता रहेको थियो ।

एनआरएन युवा संयोजक चिनियालाल दुलालले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष पदम गुरुंगले स्वागत गरेका थिए ।