बेल्जियम अभिभावक कपको उपाधी तीनपत्तालाई (फोटो फिचर)

बेल्जियममा आयोजित अभिभावक कप फुटबलको उपाधी तीनपत्ताले जितेको छ। आइतवार बेल्जियमको लुभेनमा सम्पन्न प्रतियोगितामा हिमालयन सोसाईटीलाइ २-० ले हराउदै तीनपत्ताले उपाधी हात पारेको हो।

स्थानीय तीन सस्था इन्द्र धनुष क्लव लुभेन, युरो नेपाल खेलकुद संघ अन्त्वेर्पेंन र हाम्रो क्लव ब्रुजको संयुक्त आयोजनामा सम्पन्न उक्त अभिभावक कप रनिंग शिल्डको विजेता टिमलाइ ७०० युरो नगद, प्रमाण पत्र र मेडलसहित रनिंग शिल्ड प्रदान गरिएको थियो भने दोश्रो हुनेलाई ५०० युरो नगद, प्रमाण पत्रसहित मेडल प्रदान गरिएको थियो। प्रतियोगितामा सबै भन्दा बढी १० गोल गर्ने जितेन्द्र खड्कालाइ उत्कृष्ट खेलाडीको पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा किरात युनाइटेडले अनुशासन, किशोर श्रेष्ठले उत्कृष्ट किपरको पुरस्कार पाएका थिए।

प्रतियोगितामा अन्य युरो नेपाल,ईन्द्र धनुष,नेपाल ब्रसेल्स मिलन केन्द्र र पोखरा सहित आठ टिमले भाग लिएका थिए। प्रतियोगितामा ज्ञानु थापा, बाबुराजा लामा, ईटी दाहाल, उपेन्द्र धिताल र उत्सव केसीले एम्पायरको भूमिका निर्वाह गरेका थिए।
तीन पत्ताका सुवास थापाले खेल शुरु भएको २ मिनेट र बल बहादुर राना अन्तिम मिनेटमा गोल गरेका थिए। गोल पश्चात रक्षात्मक शैली अपनाएको हिमालयन सोसाइटीले दुइ पटक पाएको सुनौलो अवसरलाई प्रयोग गर्न सकेन । खेलको १६ औ मिनेटमा खेम कार्की र २७ औ मिनेटमा बल बहादुर थापाले गोल गर्नबाट चुकेका थिए । उनीहरुको प्रहार गोलपोस्ट नजिकै बाट बाहिरियो। खेलको २४ औ मिनेटमा जोन थापाले गरेको प्रहारलाई भने किपर राज महर्जनले बचाए ।

त्यसै गरि तीन पत्ताका निरज श्रेष्ठ खेलको ७ औ मिनेटमा गरेको प्रहारलाई किपर महेश पुनले बचाए। अर्का खेलाडी देबु श्रेष्ठले खेलको खेलको २६ औ मिनेटमा गरेको प्रहारलाई किपर महेश पुनले बचाए। ‘सेभेन ए साइड’ अन्तर्गत ३० मिनेटको खेलमा दुवै टिमले दुइ दुइ कर्नर पाएका थिए। तीन पत्ताले किरात युनाइटेडलाई ३-१ ले र हिमालयनले एभरेस्ट टिमलाई ३-२ ले हराउदै फाइनलमा पुगेका थिए। खेल अवधिभर कमल सिटौलाले ७ र कमल पाखरिनले ६ गोल गरेका थिए।

ईन्द्र धनुष क्लवका अध्यक्ष मिन्द गुरुंगको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन भोज जिसीले गरेका थिए भने कार्यक्रमको संयोजक बुद्व बस्नेत थिए।‘भाइचाराको विकाश, स्वास्थ्य र अनुशासनको कामना’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा ३० वर्ष देखि ६२ वर्ष सम्मकाले मात्र भाग लिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत घनश्याम भण्डारीले स्थानीय सस्थाहरु मिलेर कार्यक्रम गरेको खुशी व्यक्त गर्दै यसले नेपालीहरु बिचमा आपसी सहयोग र सद्वभावका झन् बलियो हुने बताए। कार्यक्रममा एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठ, एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, आयोजक सस्था युरो नेपाल खेलकुद संघका अध्यक्ष किसन केसी, एनआरएन आइसिसि सदस्य नेत्र मगर, नेपाली व्यावसायी संघका अध्यक्ष सिपी भट्ट लगायत उपस्थित बेल्जियमका विभिन्न संघ सस्थाका पदाधिकारीहरुले शुभकामना दिएका थिए ।

प्रथम हुने टीमप्रथम हुने टिम, 
राजु श्रेष्ठ, सुनिल मुनिकार, निर्मल श्रेष्ठ, अनिश डंगोल, देबु श्रेष्ठ, सुवास थापा, निरज श्रेष्ठ, राज महर्जन९सानु०,जीवन पुन, समिर थापा र आशिष शर्मा

द्विप्तिय हुने टिमद्वितीय हुने टिम
कुम शाही, बल बहादुर थापा, खेमराज कार्की, मोहन पाइजा, जोन थापा, देवान राइ, रोशन प्रधान, महेश पुन, नारायण खड्का, मनिष उप्रेती, किशोर लाल श्रेष्ठ,ghanshya,13776023_1151687228211358_3896397914059073741_n13718592_1151688891544525_5211680484917483289_n13697107_1151688191544595_1648380673854607809_n

13612378_1151688174877930_7059804465192156941_n

फोटो/राजेन्द्र रसाइली