शाहरुखको फिल्मले रिलिजअघि नै २ सय करोड पाउने

बलिउडमा ‘एक सय करोड क्लब’ मा परेपछि सफल फिल्म मानिन्छ । किनकी बलिउडका कतिपय फिल्मलाई एक सय करोडको आम्दानी गर्न पनि धौ धौ पर्छ। शाहरुख खानको असअघिको फिल्म चेन्नई एक्सप्रेसले बक्स अफिसमा जुन खालको धमाका गरेको थियो, अब उनको आउँदै गरेको अर्को फिल्मले पनि त्योभन्दा बढी व्यापार गर्ने संकेत गरेको छ। शाहरुखको फिल्म ह्पाप्पी न्यु इयरले रिलिजपूर्व नै २ करोड हात परेको भारतीय सञ्चार माध्ययमले जनाएका छन्।
SRK
टी सिरिजले फिल्मको वल्र्डवाइड रिलिजका लागि १ सय २५ करोडको न्यूनतम ग्यारेन्टी लिएको समाचारमा जनाइएको छ। त्यसै गरी जी नेटवर्कले ६५ करोडमा फिल्मको सेटलाइट अधिकार किनेको छ भने १२ करोडमा गीतको अधिकार किनेको समाचारमा उल्लेख छ। यो सबै गरेर ह्याप्पी न्यु इयरले रिलिजअघि नै २ सय २ करोड कमाउन सफल भएको समाचारमा जनाइएको छ। फिल्मले जी नेटवर्क र टी सिरिजसँग हालै यस्तो सम्झौता गरेको हो। केही महिनापछि रिलिज हुन लागेको यस फिल्ममा शाहरुख खान र दीपिका पादुकोणेका साथै अभिषेक बच्चन, बोमन इरानी, सोनु सुद पनि देखिँदै छन्। फिल्म फराह खानले निर्देशन गरेका हुन्।