शरणार्थीको ओइरो लागेपछि बेल्जियममा धान्नै मुस्किल

refugees in brusselsबेल्जियममा शरणार्थीको ओइरो लागेपछि यहाँको अध्यागमन विभागलाई प्रकृया अपनाउन हम्मे हम्मे भएको छ । इराक, सिरिया जस्ता देशबाट आएका शरणार्थीहरू ग्रीस हुँदै उत्तरी युरोपतिर चाप बढ्ने क्रममा बेल्जियम पनि आकर्षणको देश भएको छ । जसलाई प्रकृयागत रूपमा समाधान गर्न यहाँको अध्यागमन विभागको जनशक्ती र पुर्वाधार अपर्याप्त छ ।

यसैबीच, बेल्जियमका अध्यागमन मन्त्री थेयो फ्रान्केनले युरोपका ५/६ देशले युरोप आउने ८० प्रतिशत शरणार्थीहरूलाइ धान्नु परेको गुनासो गरेका छन् । फ्रान्केनले यसका निम्ति युरोपियन ऐक्यबद्धता हुनुपर्ने, अन्यथा सेन्जेन क्षेत्रभित्रै बोर्डर-चेक गर्नुपर्ने अवस्था आउने विचार VRT टीभी च्यानलको एक टक-शोमा ब्यक्त गरेका छन् ।