विद्रोही विरुद्व संकल्प प्रस्ताव पारित,ओबामाद्वारा चेतावनी

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले ईराक र सिरियामा विद्रोहीहरुसँग मिलेर लडाइँमा त्यहाँ जाने जिहादीहरुलाई रोक्नेसम्बन्धी एउटा बाध्यकारी संकल्प प्रस्ताव अनुमोदन गरेको छ |

अमेरिकाले तयार पारेको सो संकल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको छ | परिषदको विशेषसत्रको अध्यक्षता गरेका अमेरिकी राष्ट्रपति बाराक ओबामाले सबै मुलुकहरुले जिहादी समूहमा हुने भर्ना र आर्थिक सहयोग रोक्नुपर्ने बताए |

इस्लामिक स्टेट आइएस विद्रोहीलाई मृत्युको सञ्जालको संज्ञा दिँदै ओबामाले सो समूहलाई तहसनहस पार्न विश्वव्यापी पहलको आवश्यकतामा जोड दिएका थिए| सो समूहले इराक र सिरिया पुग्ने सबैलाई आतंकित बनाएको उल्लेख गर्दै ओबामाले ‘इस्लामिक स्टेट भनिने आतंकवादी समूहलाई तहसनहस पार्नुपर्छ र अन्त्यमा सिध्याउनुपर्छ’ उनले भने |

इस्लामिक स्टेट विद्रोहीलाई सिध्याउनकै निम्ति अमेरिकाले ठूलो गठबन्धनसँग मिलेर काम गर्ने समेत स्पष्ट पारे | बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले सबै प्रकृतिको अतिवादसँग जुध्नुपर्ने भन्दै घृणा र हिंसायुक्त उपदेश दिने काममा रोक लगाउनुपर्नेमा जोड दिए|उनले उहाले सिरिया र इराकमा जारी द्वन्द्वले सम्पन्न मुलुकका युवाहरुलाई लडाइँका लागि आतंकित गरिरहेको बताए|

यसैबीच, इस्लामिक स्टेट विद्रोहीविरुद्ध गत महिना इराकमा हवाई आक्रमण सुरु गरेको अमेरिकाले सिरियामा पनि आक्रमण थालेको छ|