लिटिल प्रिन्स नेपाल

‘समयको महत्व बुझेर त्यससँगै हिँड्ने मानिसले मात्र सफलता पाउँछ’ भन्दै साइमन थापाले तेस्रो ‘लिटिल प्रिन्स नेपाल–२०१४’ को उपाधि जितेका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रालिको आयोजनामा आज यहाँ भएको तेस्रो लिटिल प्रिन्स नेपालको शिक्षा जत्तिकै समयको पनि महत्वबारेमा सोधिएको प्रश्नको जवाफ दिँदै उनी उपाधिका दाबेदार बनेका हुन् ।

KTM-little-prince-nepal-2014चौध जनाको सहभागिता रहेको सो प्रतियोगितामा प्रणय श्रेष्ठ फस्ट रनरअप भए भने निरन बानियाँले सेकेन्ड रनरअप जिते । उपाधिसँगै उनीहरुलाई विभिन्न आयोजक संस्थाले नगद तथा उपहार प्रदान गरेका थिए ।

प्रतियोगितामा ‘फ्रेण्डसिप अवार्ड’ रोहन श्रेष्ठले प्राप्त गरे भने ‘बेस्ट डिसिप्लीन’को उपाधि फस्ट रनरअप समेत भएका श्रेष्ठले जिते । यस्तै ‘बेस्ट ट्यालेन्ट’ को उपाधि आर्यन बस्याल, ‘क्युट’ को उपाधि युनिश तामाङ, ‘बेस्ट वाक’ कीर्तन श्रेष्ठ, ‘बेस्ट स्पोट्र्स प्लेयर’ अतित भट्टराई, ‘पर्सनालिटी’ रिवेश अमात्य, ‘बेस्ट ड्रेस’ इभान श्रेष्ठ, ‘बेस्ट स्माइल’ अर्जुन श्रेष्ठ, ‘फोटोजेनिक मिजाल प्रजापति र ‘पक्च्युआलिटी’ को अवार्ड सेकेन्ड रनरअप बानियाँले पाएका थिए ।

आयोजक एजेन्सीका व्यवस्थापक राज फैजुले बालबालिकामा भएको प्रतिभालाई बाहिर ल्याउने र उनीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । एजेन्सीले बालक र बालिकाको छुट्टछुट्टै यस्ता खालका प्रतियोगिता गर्दै आइरहेको छ ।