लिङ्ग परिवर्तन असफल भएपछि वैधानिक मृत्यु-वरण

euthanasiaलिङ्ग परिवर्तन असफल भएपछि बेल्जियममा एक जनाले बैधानिक मृत्यु-वरण गरेका छन् । ४४ वर्षिय जन्मजात महिला नान्सी गत साल लिङ्ग परिवर्तन गरेपछि नाथन (पुरूष) बनेका थिए । तर लिङ्ग परिवर्तनपछि जटिलता देखिएको र नाथनको चित्त बुझेन । छाती च्यातिएको जस्तो भएको र लिङ्गले राम्ररी काम नगरेको गुनासो नाथनले गरे । त्यसपछि उनले बरू मृत्यु-वरण गर्ने चाहना राखे ।
एउथानासिया अर्थात स्वैच्छिक मृत्यु-वरण गर्न पाउने कानून बेल्जियममा छ । ब्रसेल्सको फ्री युनिभर्सिटीका एक चिकित्सकले ६ महिनासम्म काउन्सेलिङ गरेपछि नाथनको चाहनाअनुसार हिजो शनिवार नाथनलाइ एउथानासियाको इन्जेक्सन दिइएको बेल्जियमका पत्रिकाहरूले उल्लेख गरेका छन् ।