फ्लान्दरन अन्तर्राष्ट्रिय ट्रेड फेयरका नेपाली संयोजकको ध्यानाकर्षण

Gent Accentaफ्लान्दरन अन्तर्राष्ट्रिय ट्रेड फेयरको नाममा अनियमिता भएको समाचारहरूप्रति फेयरका नेपाली संयोजक अर्जुनकुमार श्रेष्ठले ध्यानाकर्षण भएको भन्दै एक वक्तव्य दिनु भएको छ । वक्तव्यमा उहाँले
२०१३ सेप्टेम्बर १४ देखि शुरु भै २२ मा सम्पन्न भएको ६८ औ अन्तर्राष्ट्रिय ट्रेड फेयरमा विशिष्ट अतिथि राष्ट्रको रुपमा नेपालको सहभागिता र मेलालाई भव्य रुपमा सफल बनाउन सबै नेपालीहरुको उत्तिकै महत्वपूर्ण योगदान रहेको, नेपाल जस्तो थोरै मात्रामा आयात र निर्यात गर्ने मुलुकले बेनेलक्स कै ठूलो मध्येको मेलामा अतिथि राष्ट्रको रुपमा सहभागी हुनु आफैमा गौरब हो भन्दै यसबारे भएका अनर्गल प्रचार प्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ| उहाँले मेला आयोजना र सम्पन्न गर्न बिगतदेखि भए गरेका सम्पूर्ण प्रगति विवरणहरु आयोजकबाट सबैलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्दै यहि अक्टोबर ८ गते समिक्षा बैठक गरिने जानकारी गराउनु भएको छ ।