रोनाल्डो भए फिफाको ‘वर्ष खेलाडि’

स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्चीयानो रोनाल्डोले लागतार दोस्रो पटक फिफा बेलोर डि’ओर वल्र्ड फुटबलर अफ दि इयर (फिफा वर्ष खेलाडी) को उपाधि जितेका छन् । अघिल्लो वर्षपनि उपाधि कब्जा गरेका रोनाल्डोले वर्ष खेलाडीको उपाधि जितेको यो तेस्रो पटक हो ।
cristiano-ronaldoफिफा मुख्यालय स्वीजरल्यान्डको जुरितमा सोमबार राति भएको समारोहमा रोनाल्डोले अर्काे स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र जर्मनी क्लब वार्यन म्यूनिखका गोलकिपर म्यानुयल नेउरलाई पछि पार्दै उपाधि जितेका हुन् ।
विश्वभरका फुटबल पत्रकार, राष्ट्रिय टिमका प्रशिक्षक र कप्तानले दिएको भोटको आधारमा उपाधि कब्जा गरेका रोनाल्डोले झण्डै ३८ प्रतिशत भोट पाएका थिए । यस्तै मेस्सीले १६ प्रतिशत भोट पाउदा नेउरले १५ प्रतिशत भोट पाए ।
अघिल्लो सिजन रियललाई युरोपीयन च्याम्पियन्स् लिगको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डोले सन् २०१२४ ५२ गोल गरका थिए ।
यस्तै जर्मनी महिला टोलीकी मिडफिल्डर नाडिन केसलेर उत्कृष्ट महिला फुटबलर घोषित हुदा विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका कोलम्बियाका जेम्स रोड्रिगेज उत्कृष्ट गोल गर्दा घोषित भए । जर्मनीलाई विश्वकपको उपाधि दिलाएका जोचेम उत्कृष्ट प्रशिक्षक घोषित भए ।
फिफाले घोषणा गरेको उत्कृष्ट खेलाडी खेलाडीमा डिफेन्डर फिलिप लाहम, डेभिड लुइज, थिएगो सिल्भा र सजिर्यो रामोस छन् । मिडफिल्डरमा आन्द्रेस इनिष्टा, टोनी क्रो र एन्जेल डी मारिया छन् भने फरवार्डमा आर्जेन रोबेन छन् । उत्कृष्ट तीनमा परेका मेस्सी, रोनाल्डो र नेउर स्वतः उत्कृष्ट ११ मा परे ।

  • Post category:खेल