राष्ट्रपति चिन्तित

सत्ता साझेदार नेकपा एमालेका केही नेताहरुबाट राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्नुपर्ने भन्ने Ram-Baran-Yadavआएका सार्वजनिक अभिव्यक्तिबाट स्वयं राष्ट्रपति र उनको कार्यालय दुःखी बनेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए| उनले ”यो प्रसङ्गमा राष्ट्रपति कार्यालय हैरान छ| स्वयं राष्ट्रपति हैरान हुनुहुन्छ, चिन्तित हुनुहुन्छ| यो किन उहाँहरुले यस्तो गरिरहनुभएको छ, मुलुकको सर्वोच्च संस्थालाई अनावश्यक रुपमा विवादमा किन तानिइरहेको छ? यो बुझ्न नसक्ने विषय भएको छ, दुःख लाग्ने विषय भएको छ|”

तथापि अनुमोदनबारे संसदभित्रबाट विधिसम्मत तरिकाले निर्णय हुँदा आफूलाई शिरोधार्य हुने दलहरुलाई राष्ट्रपतिले अवगत गराएको कुरा उल्लेख गर्दै उनले भने, ”विधिसम्मत ढंगबाट गर्नुस्|अनुमोदन गर्नुछ, छैन अथवा जे गर्नुपर्ने हो संसदबाट गर्नुहोस्| र संसदबाट जे निर्णय हुन्छ, सार्वभौम संविधानसभाले जे निर्णय गर्छ त्यो मेरो लागि शिरोधार्य हुन्छ भनेर ६/७ महिना अगाडिनै राष्ट्रपतिले प्रष्ट पारिसक्नुभएको छ|शुक्रवार ”बिबिसी संगको कुराकानीमा दाहालले उक्त कुरा बताएका हुन्|

हालै एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट स्वदेश फर्केपछि राष्ट्रपति अनुमोदनबारे छलफल गर्ने बताएका थिए|पछिल्लो समय एमालेका मन्त्रीहरुले प्रधानमन्त्री शुशील कोईराला सँग काम गर्न असजिलो भइरहेको गुनासो पार्टीभित्र गरेका छन्| नेकपा एमालेले नेपाली कांग्रेससँगको सम्बन्ध र सातबुँदे सहमतिबारे धारणा बनाउने बताएको छ भने कांग्रेस त्यसबारे मौन छ|