महिलामा यौन सन्तुष्टिको लागि उत्तेजनात्मक विचार जरुरी

एक अध्ययनका अनुसार जुन महिलामा यौन सम्वन्धमा कम रुचि हुन्छ उनले यौन सम्वन्धको बेला चरम आनन्दमा पुग्न आफ्नो सौन्दर्यप्रति गर्व गर्दै sexy womanमनमा कामुक बिचार सिर्जना गर्नुपर्छ |

अनुसन्धानकर्ताका अनुसार यौन सम्वन्धको बेला चरमोत्कर्ष प्राप्त गर्ने महिलाले  यौन सम्बन्धको बेला कामुक भावनाहरुमा ध्यान केन्द्रित गर्ने बताएका छन् |यसको लागी १८ देखि ६७ वर्ष सम्मका महिलामा अध्ययन गरीएको थियो|अध्ययनका क्रममा सबै महिलाहरुसग यौनको समय उनीहरुको विचार,भावाना,र स्वाभावका बारेमा सोधिएको थियो|

अध्ययन अनुसार यौनको बेला चरम आनन्द प्राप्त गर्न नसक्नु मनमा यौन भावानाको कमि हुनु देखाईएको छ|केहि महिलाहरुमा यौन सम्वन्धका बेला आनन्द कम हुनुमा उनीहरु बीच सम्पर्कको बेला यस्ता विचार आउछन जुन यौन संग सम्वन्धित हुदैनन् |

बेल्जियमको युनिभर्सिटी अफ लाउवेनका प्राध्यापक पास्कल डे सुटरका अनुसार महिलाहरु शरीर र तौलको कारण पनि यौन सम्पर्कको बेला चिन्तित रहने गर्दछन| समाचार ‘सेक्सोलॉजिज’ पत्रिकामा प्रकाशित भएको छ|