लावतीको अध्यक्षतामा राप्रपा नेपाल फुट्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकीकरण गर्न समिति बनेको भोलिपल्ट राप्रपा नेपाल विभाजन भएको छ । अध्यक्ष कमल थापाको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै पद्मसुन्दर लावतीले समानान्तर पार्टी घोषणा गरेका हुन् ।

RPP-nepal-dividedसोमबार राजधानीको जमलस्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै लावतीले अध्यक्ष कमल थापाले स्वेच्छाचारी, अवसरवादी, ब्यक्तिवादी प्रवृत्ति प्रदर्शन गरेकाले समानान्तर केन्द्रीय समिति गठन गरेको बताए ।

लावतीको अध्यक्षमा १६१ सदस्यीय समानान्तर कमिटि गठन गरिएको छ । कार्यसमितिमा गणेश शेरचन सहअध्यक्ष, ६ उपाध्यक्ष र दुई महामन्त्री छन् । विधान अनुसमार केन्द्रदेखि जिल्ला, क्षेत्र, गाँउ र वडासम्म संगठन निर्माण गर्ने जनाईएको छ ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टी एकीकरणको प्रयासकाे लागि अाइतबार राप्रपाले महामन्त्री दीपक बोहोराको संयोकजकत्वमा अर्का महामन्त्री बुद्धिमान तामाङ, प्रवक्ता ठाकुर शर्मा र किरण गिरी रहेको वार्ता टोली गठन गरेको थियाे। राप्रपा नेपालले सहअध्यक्ष केशरबहादुर विष्टको संयोजकत्वमा उपाध्यक्षहरू निरञ्जन थापा, महामन्त्री चन्द्रबहादुर गुरुङ, टंक ढकाल, राजीव पराजुली र धवलशमशेर राणा रहेको टोली गठन गरेको थियाे ।