राजाको मानहानी भएको भन्दै पत्रकारलाई ५ वर्ष कैंद

थाइल्याण्डका एकजना रेडियोकर्मीलाई राजा भूमिबोल अदुल्यादेज को मानहानी गरेको आरोपमा पाँच वर्षको जेल सजाय तोकिएको छ ।  सैनिक अदालतले उनलाई सो सजाय सुनाएको बताइएको छ । उनीमाथि सो अभियोग लगाई छानबीन सुरु भएको थियो ।
Thai Kingत्यहाँको अदालतले ५९ वर्षीय थाई पत्रकार खतवाउतलाई सो सजाय दिएको बताइएको छ । उनले विदेशमा समेत पुग्नेगरी अनलाईन रेडियो कार्यक्रम सञ्चालन गर्ने गर्दथे । सो रेडियोमा प्रस्तुत गरिएको समाचार र कार्यक्रममा राजाको मानहानी भएको भन्दै ती पत्रकारलाई यक्त अभियोग लगाइएको थियो ।
उनका वकिलले ती पत्रकारमाथि पाँच वर्षको जेल सजाय सुनाइएको बताएका छन् । ती पत्रकारले प्रस्तुत गरेको समाचार र कार्यक्रममा राजाको मानाहानी भएको सरकारको आरोप थियो । थाईल्यान्डमा राजा, रानी, युवराजसहित राजपरिवारका सदस्यमाथि यस्तो मानहानी गरिएमा उनीहरुमाथि बढीमा १५ वर्षसम्म जेल सजाय हुने कानुनी प्रावधान छ ।
पछिल्लो सममा त्यहाँ प्रजातन्त्रका लागि जारी रहेको आन्दोलनका क्रममा राजामाथि मानहानी भएका भन्ने समाचारहरु आइनै रहेका पाइन्छन् । केही समययतादेखि थाईल्यान्डमा सैनिक शासन नै रहेकोले यस्तो विषयलाई झनै कडा गरेको बताइएको छ ।