यौनक्रिडामा चरम आनन्दबारे ‘वास्तुशास्त्र’

यौन जीवनलाई वास्तुले असर पार्दछ भन्दा अनौठो लाग्न सक्छ।जसरी तपाईको धन, शिक्षा, स्वास्थ्यमा वास्तुको असर पर्दछ, त्यस्तै यौनजीवनमा पनि प्रभाव पर्दछ।

यदि तपाईको यौनकक्ष वास्तु प्रतिकुल छ भने यौन जीवनमा कहिल्यै पनि चरम सन्तुष्टि प्राप्त गर्न सक्नु हुदैन। किनकि वास्तुले जुन ऊर्जाको व्याख्या गर्दछ त्यही ऊर्जा तपाईमा पनि समाहित हुन्छ।

sex play naval kissसूर्यको ऊर्जा सकारात्मक र चन्द्रमाको ऊर्जा नकारात्मक हुन्छ। सूर्य भनेको पुरुष र चन्द्रमा भनेको प्रकृति मानिन्छ। जब सम्भोगको समयमा सकारात्मक र नकारात्मक दुवै ऊर्जा एकै विन्दुमा प्रवाहित हुन्छन् यसैलाई नै चरम सन्तुष्टी हुने गर्दछ।

सम्भोगको समयमा दुई जना मध्ये एकलाई मात्र यौनको चरम आनन्द प्राप्त भएको हुन सक्छ। चरम आनन्द आउनु कुनै पुरुषार्थको खेल होइन, यो त आत्मीयता एवं प्रेमको खेल हो। तर दुईको प्रेममाथि अहंकारले शासन गर्ने हुँदा यौन आनन्दबाट प्राप्त हुने सन्तुष्टिमा भने बाधक हुन आउँछ।
वास्तु शास्त्रले तपाईको अहंकारलाई सामना गरी प्रेमको ऊर्जा बढाउन सहयोग गर्दछ। तपाईले रात्रिक्रिया गर्ने ओछ्यानको दिशा अनुसार यौन जीवनको दशा हुने गरेको मानिन्छ।

उत्तर-पश्चिम दिशामा र दक्षिण-पश्चिम दिशामा रत्रिक्रिया गर्दा चरम आनन्द प्राप्त हुने वास्तु शास्त्रमा उल्लेख छ। यदि यसको विपरीत अन्य दिशामा रत्रिक्रिया गरिएमा निश्चय नै तपाईको यौन जीवन सन्तोषदायक हुँदैन। जसले गर्दा तपाई यौन सुखको खोजीमा यत्रतत्र भड्किए हिडिरहनु यसको कारक भएकोले मानिसको वैवाहिक जीवनमा पनि बाधा हुन सक्छ।

आधुनिक व्यस्थ जिवनशैलीमा अरु क्षेत्रमा जस्तै यौनमा पनि वास्तुको दोषका कारण वैवाहिक सम्वन्धमा यौन सन्तुष्टमा पूर्णविराम लाग्ने खतार देखिदै गएको शास्त्रमा उल्लेख छ।