यौटा कविको सपना

(कविता)

यौटा कवि  आफैंले लेखेको कविता झैं301523_2236863875156_248963995_n

सुन्दर र सुखी जीवन बाँच्ने रहर  बोकेर

अशिमित उत्साह र  उन्मादमा झेलिंदै

सपना र बिपनाको बेमेल पहाडहरुमा

निरन्तर चड्दै र ओर्लिदै–

हरेक दिन  भौंतारिईरहेकै छ,

र उसको आफ्नो अनगिन्ती सपनाहरु

रातभर जूनको  टह टह उज्यालोमा खस्छ

मध्यान्हमा  घामको तापले

बाफ़िएर बगेको हावाको मुस्लो

अन्तहिन आकासको माथि संग संगै कतै बिलाउंछ

आजको आधुनिक युगको यौटा म जस्तै कवि

मनमा अनेकौं अतृप्त सपना बोकेर

रात भरि पाखामा जुनको उज्यालो देख्छ

दिनभरी घामको तापमा पग्लिएर

मनभरी सपनै सपनाको पहाड उभ्याउछ

आफ्नै आखा अगाडी

दिनदिनै आउने अग्ला र होचा अनगिन्ती पहाडहरुमा

बेला बेलामा  लड्दैठोकिदै फेरी उठ्दै

जीवनको असिमित यात्राहरुको भुंमरीमा फस्छ

ठ्याक्कै बहुलाकाजीको अन्तहीन सपना जस्तै

जीवन भौंतारिदै गर्दा

आजकाल उदास उदास भएर पनि

कविता लेख्न पटक्कै छोड्दैन

कविताको नशामा लट्ठिएर

असिमित रहर र बाध्याताहरुको खातै खात माथि

सपनाको बिम्बमा अड्किएर बाँचेको  छ उ

-राजकुमार पुडासैनी