(कविता)
सूर्यको पहिलो किरणसगै शुरु हुन्छ दिन
समयको परिधिमा बगिरहन्छ छिन|छिन
स्वार्थिपनले बास पाउन थालेको आजकल
परिवर्तनको सबैले पिउदैछन थोपा थोपा जल|
मानिसलाई एक सेकेन्ड हास्ने फुर्सद छैन
आफु जन्मेको नगरीले दुख पाएको देख्दैन
बाहिरी आँखा लालचले चश्माभित्र बन्द छ
बाढी पहिरोले गाउँ नै बगाएको छ|
कसले देख्छ आजकल अरुको दुख बेदना
केवल देखिन्छ चहलपहल देखावटी तिर्सना
सभ्यता र संस्कृति साथ साथ मरीरहेछ
पूर्खाको पहिचान अपहेलित बन्न थालेको छ|
जीवनरुपी फूल लालचले ओईलिएको छ
वास्तविकताको गहिराईमा पुग्न को खोज्छ?
जिन्दगीको अस्तित्व थाहै नपाए पछी
समयले बगाईरहेछ एकहोरो पानी सरी|
-क्रिसा शर्मा
लुभेन, बेल्जियम