युरोकप फाइनलमा फ्रान्स र पोर्चुगल भिड्दै

युरोकप २०१६ को आइतवार हुने फाइनलमा फ्रान्स र पोर्चुगल भिड्दै छन ।euro-logo

शुक्रबार बिहान भएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र फ्रान्सले जर्मनीलाई २-० पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो  । फ्रान्सका लागि दुवै गोल एटलेटिको मड्रिडका सुपरस्टार एन्टोइन ग्रिजम्यानले गरेका थिए ।

त्यसै गरी बिहिबार बिहान भएको सेमिफाइनल खेलमा पोर्चुगलले वेल्सलाई २-० पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।  क्रिष्टियानो रोनाल्डो र नानीले तीन मिनेटको अन्तरमा २ गोल गरेपछि वेल्सको ऐतिहासिक यात्रामा पूर्णविराम लगाउँदै पोर्चुगल युरोकपको फाइनलमा पुगेको हो  ।