म्याग्दीमा जीप दुर्घटना, १३ जनाको मृत्य

म्याग्दीमा मङगलवार भएको यात्रु वाहक जिप दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ| राम्चेबाट सदरमुकाम बेनी तर्फ आउदै गरेको जीप हिस्तान गाबिस नजिकै  सडकबाट करिब पाच सय मिटर तल खसेको थियो| जिपमा सवार सबैको घटनास्थलमै मृत्यु भएको थियो| दुर्घटनामा मृत्युहुने सबै जसोको सनाखत भएको छ भने इलामका प्रताप राईको आफन्त नआइसकेकाले शव वुझाउन वाँकी रहेको प्रहरीको भनाई छ | भौगोलिक बिकटताका कारण बुधवार विहान मात्र शव सदरमुकाम बेनीमा ल्याइएको थियो|

दुर्घटनामा राम्चे गाविसका सचिव (बागलुङ रात्माटा)का शालिकराम सापकोटा, उहाँका भाई बैकुण्ठ सापकोटा, लमजुङ स्थायी ठेगना भएका सहरी आवास तथा भवन डिभिजन कार्यालय बागलुङमा कार्यरत इञ्जिनियर डिल्ली श्रेष्ठ र सुपरभाइजर हेमन्त सिउथानी, बागलुङका निर्माण व्यवसायी रामबहादुर खत्री (अर्जुन) र सुमीत मलेपति, जिप चालक म्याग्दी राम्चे काफलडाँडाका डमबहादुर पुर्जा, राम्चे ३ का सुरेश गर्बुजा, राम्चे ४ की याममाया पुर्जाको जिल्ला अस्पताल बेनीमा पोष्टमार्टम गरी आफन्तहरुलाई शव वुझाइसकिएको प्रहरी नायव उपरिक्षक जर्नादन जिसीले जानकारी दिए|

यसैगरी अन्य मृतकमा म्याग्दी हिस्तान घराम्दीका देउबहादुर गर्बुजा, उनकी श्रीमती सम्मती गर्बुजा र घराम्दीकै हेमसरा गर्बुजाको पनि शव आफन्तलाई वुझाईएको छ|गाविस सचिव सापकोटा हकहित संरक्षण केन्द्रका अध्यक्ष समेत रहेका र आईतबार राम्चेलाई पूर्ण सरसफाई युक्त गाविस घोषणा गरेर जिविसमा मंगलबार बस्ने गाविस सचिवको बैठकमा सहभागि हुन आउदै थिए | ‘हामीहरु सवै जना आइतवारको कार्यक्रममा सँगै सहभागि भएका थियौं, स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले भने ‘यस्तो अकल्पनीय दुर्घटनामा कर्मचारी गुमाउँदा पीडा भएको छ |’

सचिव सर्माको निधनले राम्चेवासी शोकमा ढुवेका छन् | सरल,मिलनसार र सहयोगी भावनाका सचिव सर्माको निधनले राम्चेवासीलाई अपुरणीय क्षेती भएको गाउँलेहरु बताउँछन् | भवन डिभिजनका कर्मचारी र बागलुङका निर्माण व्यवसायीहरु राम्चेमा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको बारेमा अध्ययनका लागि सोमबार राम्चे पुगेका थिए | हिस्तान घराम्दीका देउबहादुर र उनकी श्ररीमती माईतीबाट घर फर्कदै थिए | भिरबाट आवाज संगै सेतो बस्तु खसेको देखेपछि हिस्तान औला र रिमका बासिन्दा दुर्घटनास्थल पुगेका थिए | औला र रिम गाउँबाट जिप खसेको ठाउँमा पुग्न ३० मिनेट लाग्छ | घटनास्थलमा पुग्दा कोही पनि जिवित नभेटिएको प्रहरीको भनाई छ |