म्याग्दीमा एक्सन एशिया म्याराथुन दौड

म्याग्दीमा आगामी शनिबार, आईतबार र सोमबार एक्सन एसिया अन्तराष्ट्रिय म्याराथुन दौड प्रतियोगिता सञ्चालन हुने भएको छ ।

विश्वका ३० देशका ८० जना धावकहरु सहभागि हुने दौड काठमाडौको हिमालयन टे«ल्सले आयोजना गर्न लागेको हो । खेलको माध्यमबाट नयाँ गन्तब्यको पहिचान गरि ग्रामिण पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दौड आयोजना गरिएको हिमालयन टे«ल्सका प्रबन्ध निर्देशक हरि खरेलले जानकारी दिए ।

प्रबन्ध निर्देशक खरेलका अनुसार तिन दिनसम्म म्याग्दी र पर्वतका सम्भावित पर्यटकीय स्थलहरुलाई समावेश गरेर सञ्चालन हुने एक सय किलोमिटरको म्याराथुनका लागि रुट पहिचान गरि संकेत राख्ने काम सुरु गरिएको छ ।

runningपहिलो दिन बेनी–पात्लेखेत–पाखापानी–टोड्के, जगन्नाथ–घतान र बेनी, दोस्रो दिन बेनी–मल्लाज–डाँडाँकटेरी–नांगी–राम्चे–बेनी र तेस्रो दिन बेनी–सालघारी–अर्जम–कुडुले हुदै बेनीको रुट कायम गरिएको म्याराथुनका संयोजक सन्तोष खड्काले जानकारी दिए ।

खड्काका अनुसार हङ्कङको एक्यासन एशिया टे«ल्सको संयोजनमा नेपालमा आउने अमेरिका, फ्रान्स, स्विजरल्याड, नेदरल्याड लगायत देशका अन्तराष्ट्रिय धावकहरुको सहयोगका लागि दौड सञ्चालन हुने रुटमा ४० जना नेपाली सहयोगीहरु परिचालन गरिने भएको छ ।

म्याराथुनको बारेमा जानकारी गराउन बुधबार बेनीमा आयोजित कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सहभागिको सुरक्षा, स्थानीय स्तरमा होटल तथा आवास र अन्य व्यवस्थापकीय कामका लागि तयार रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोदकुमार श्रेष्ठले जिल्लाको पर्यटन विकासमा एक्सन एशीया म्याराथुन दौड उपयोगी हुने भएकाले निजी क्षेत्र, समुदाय र सरकारी निकायले सक्दो सहयोग गर्ने बताए ।

यसअघि सन २०११ मा लाङटाङ, २०१२ मा गोर्खा र २०१३ मा दोलखामा एक्सन एशिया म्याराथुन दौड आयोजना भैसकेको छ