मलेसियामा ३ सय ६२ नेपाली पक्राउ

malaysiaमलेसिया सरकारले अवैध रूपमा बसेका विदेशीहरू हटाउने अभियान सुरू गरेसँगै नेपालीहरू धमाधम पक्राउ पर्न थालेका छन् । अवैध रूपमा बस्दै आऐका आप्रवासीहरूमाथी धरपकड सुरू गरेपछि अहिलेसम्म ३ सय ६२ नेपालीलाई मलेसियाको प्रहरीले पक्राउ गरेको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ ।
अवैध आप्रवासी कामदार हटाउ अभियानका क्रममा पक्राउ परेका नेपालीमध्ये आवश्यक छानविनपछि १९० जनालाई भने छाडिएको मलेसियन अधिकारीहरुले जनाएका छन् । प्रहरीले नेपाली मूलको बजार रहेको कोताराया, पेनाङ्गको जेटी, जोहरबारु र सहालमका विभिन्न स्थानबाट नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका बाँकी नेपालीलाई कानुनी कारबाही गरिने मलेसियन प्रहरीले जनाएको छ ।
यसअघि मलेसियाले स्वदेश फर्कन चाहने अवैध आप्रवासीलाई अवसर दिएको थियो । त्यसमा पनि स्वदेश नफर्केकाहरुमाथि अहिले धरपकड सुरु गरिएको हो । पक्राउ परेका नेपालीहरुको वतन भने खुलेको छैन ।