एनआरएन सँघका अध्यक्ष शेष घलेले घोषणा गरे १ अर्व रुपैयाँको परोपकारी कोष

गैर अवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घलेले १ अर्व रुपैयाँको परोपकारी कोष स्थापनाको घोषणा गरेका छन् ।
एमआईटी गु्रप फाउन्डेसनमार्फत घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रीमा लगानी गर्ने गरी १ अर्व रुपैयाँको परोपकारी कोषको स्थापना गरेको राजधानीमा बिहिबार आयोजन कार्यक्रममा घोषणा गरे ।
shesh_ghaleघले र उनकी श्रीमती जमुना गुरुङले स्थापना गरेको एमआईटी ग्रुप फाउन्डेसनले परोपकारी कोषमार्फत नेपालको दुर्गम गाँउका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नेछ । यस्तै स्रोतसाधानको अभाव भएका विद्यालयहरुमा पुस्तकालय स्थापना, शिक्षण सामाग्री र तालिमको लागि पनि सहयोग गर्नेछ ।
यसैगरि आधारभूत स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामिण भेगका न्यून आय भएका जनतासम्म स्वास्थ्य सेवाको पहुँच पु-याउन समेत उक्त कोषले रकम खर्च गर्ने घलले भताए ।
‘आज जीवनमा सबैभन्दा खुसि भएको छु । ’ घलले भने ‘समाजबाट जे पयौ त्यसको केहि हिस्सा समाजलाई फिर्ता गर्ने परोपकारी अभियानको थालनी गर्न पाउदाको खुसि शब्दमा ब्यक्त गर्न सक्दिन । ’
फाउन्डेनको कार्यालय काठमाडौंमा स्थापना भैसकेको छ । फाउन्डेसनले पहिले संरचना निर्माण गर्ने बताएको छ । संरचना निर्माणपछि विज्ञ समूहले दिएको सुझावको अधारमा अत्यावश्यक परियोजनाहरु पहिचान गरी परोपकारी कार्य सुरु गर्ने बताइएको छ । घलले छुट्टै शिक्षण संस्था वा स्वास्थ्य संस्था स्थापना गर्ने सोच नभएको बताउँदै भैरहेको संरचनामार्फच सहयोग गर्ने जानकारी दिए ।
अभियानलाई अझै बृहत बनाउको लागि रकमको आकार बढाउँदै लैजाने र अन्य संस्थाले हातेमाले गर्न चाहेमा आफ्नो सम्पर्क र संजालको उपयोग गर्न प्रयास गर्ने पनि घलले बताए ।
अष्ट्रेलियाको घनाढ्यहरुको सुचिमा रहेका घलले अष्ट्रेलियामा शिक्षा, पर्यटन र रियलस्टेटमा लागनी गरिरहेका छन् । घलेले केहि समयअघि मात्र नेपालमा ८ अर्ब रुपैयाँको लागतमा शेराटन काठमाडौं होटल निर्माण थालेका थिए ।