भ्यालेन्टाइन डे मनाउन घर पुगेका सैनिकद्वारा श्रीमती माथि गोली प्रहार

भ्यालेन्टाइन डे मनाउन घर पुगेका एक भारतीय सैनिकले श्रीमती माथि गोली प्रहार गरेका छन| गुजरातस्थित भावनगरमाjigar रहेको आफ्नो निवासमा पुग्दा श्रीमती पारिवारिक मित्र रणजितका साथ आपत्तिजनक अवस्थामा रहेको भेटे पछी आवेगमा आएर उनले गोली चलाएका हुन्| उनले चलाएको गोलीबाट रणजितको घटनास्थलमा नै मृत्यु भएको र श्रीमतीको गंभिर अवस्थामा अस्पतालमा उपचार भै रहेको भारतीय प्रहरीले जनाएको छ|

भ्यालेन्टाइन डे मनाउन सैनिक जवान जिगर भाई ब्यास विदा लिएर शुक्रवार घर आएका थिए| लामो समय सम्म श्रीमती चेतनाले ढोका नखोले पछी उनि ढोका फुटाएरै भित्र प्रवेश गरे तर, श्रीमती भने अर्कै पुरुषसँग आपत्तिक जनक अवस्थामा फेला परेपछि उनले सहनै नसकेर दुवैमाथी गोली प्रहार गरेको बताएका छन्|  आक्रोशमा आगो बनेका जिगरले आफूसँग रहेको रिभल्बर निकालेर बाथरुमको कमोडमा बसेका रणजीतमाथि गोली प्रहार गरेका थिए| उनले बेडरुममा रहेकी आफ्नी श्रीमतीलाई पनि तत्कालै गोली हाने संयोगवश उनि गंभिर घाईते भईन|

उनीसमेत दुवैको हत्यापछि आत्महत्या गर्न चाहन्थे | तर, प्रहरी अधिकारीहरुले सम्झाएपछि उनी मानेका छन् |