भारतीय प्रधानमन्त्री मोदीलाई अस्ट्रेलियामा ‘हिरो’ को स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अस्ट्रेलियामा एक भारतीय प्रधानमन्त्रीको रूपमा २८ वर्षमा पहिलोपटक पुग्दा सोमबार हजारौँ हर्षित समर्थक उहाँलाई सुन्न भेला भएका छन् भने धेरैले उहाँलाई आफूले मन पराएको बताएका छन्।

Narendra Modiअप्रिल–मे महिनामा भएको निर्वाचनमा सबैभन्दा ठूलो निर्वाचन विजय हासिल गर्नुभएका मोदीलाई सेप्टेम्बरमा न्यु योर्कको भ्रमणमा पनि ‘लोक गायक’लाई जस्तो स्वागत प्राप्त भएको थियो। यस्तै प्रकारको स्वागत उहाँले सिड्नीमा पनि प्राप्त गर्नुभएको छ। ब्रिस्बेनमा जी२० शिखर बैठकमा भाग लिनुभएपछि उहाँ यहाँ आइपुग्नुभएको हो।

मोदीले आफूलाई दिइएको माया तथा स्वागत भारतआमाका छोराछोरीको चरणमा अर्पण गर्ने बताउनुभयो । उहाँले उक्त कुरा बोल्दा अझै धरै व्यक्ति कार्यक्रमस्थलभित्र प्रवेश गर्न पनि पाएका थिएनन् ।

उहाँले दुई मुलुकको समान लोकप्रिय खेलको उल्लेख गर्दै अस्ट्रेलिया तथा भारत दुबै क्रिकेट नभई बाँच्न नसक्ने बताउँदा भीडले उहाँको ठूलो प्रशंसा गरेको थियो । उहाँले हिन्दू राष्ट्रवाद तथा भारतको स्वतन्त्रताका विषयमा बोल्नुभएको थियो ।

अस्ट्रेलियामा बसोबास गर्ने करिब २० हजार भारतीय मूलका जनताले उक्त रङ्गशाला भरिदिएका थिए भने केही अमेरिका, सिङ्गापुर तथा न्युजिल्यान्डदेखि पनि आएका थिए । समाचारमा उक्त कार्यक्रमको समाचार सङ्कलन गर्न भारतबाट २५ टेलिभिजनकर्मी आएको बताइएको छ ।

भारतको राष्ट्रिय रङ पोतिएको रेलमा उहाँका २० औँ समर्थक आइपुगेका थिए ।

मेलबर्नबाट १२ घण्टाको यात्रामा सिड्नी आइपुगेको एक रेललाई ‘मोदी एकप्रेस’ को नाम दिइएको छ र त्यसमा उहाँका २०० समर्थक आएका थिए । उनीहरू गाउँदै नाच्दै कार्यक्रमस्थल पुगेका थिए ।

अस्ट्रेलियामा भारतीय मूलका करिब चार लाख ५० हजार जनता बसोबास गर्छन् र उनीहरूमध्ये धेरै विद्यार्थी समुदायका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री टोनी एबोटले मङ्गलबार क्यानबेरामा मोदीलाई औपचारिक रूपमा स्वागत गर्नुहुनेछ ।

यसअघि अस्ट्रेलियाली प्रधानमन्त्री एबोट दुई महिनाअगाडि भारतको भ्रमणमा पुग्नुभएको थियो र उक्त समयमा दुई मुलुकबीच पारमाणविक ऊर्जाका विषयमा सम्झौता भएको थियो ।

भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीले अस्ट्रेलियासँग सम्बन्ध पुनः सबल बनाउन प्रयास गर्ने र उहाँले मङ्गलबार क्यानबेरामा संसदलाई सम्बोधन गर्नुहुने जानकारी दिएको छ ।

उहाँले व्यापारिक नेताहरूसँग पनि भेट गर्नुहुनेछ र भने लागुपदार्थ नियन्त्रण, सामाजिक सुरक्षा, पर्यटन तथा सांस्कृतिक सहयोगका विषयमा अनेकौँ सम्झौता गराउनुहुनेछ।

त्यसो त मोदीले रङ्गशालामा सबैको समर्थन मात्र प्राप्त गर्नुभएन । मूलढोकाका एकातिर करिब १०० शिख उहाँको विरोधमा प्रदर्शन गर्दै थिए ।

उनीहरूले आफूहरूले एकताको सन्देश दिन चाहेको बताए ।

उनीहरूले प्रधानमन्त्री मोदी तथा उहाँका सहयोगी हिन्दु समर्थक आन्दोलनमा संलग्न भएको र त्यसले अल्पसङ्ख्यकलाई दबाउन खोजेका बताए । रासस÷एएफपी