प्रधानमन्त्री कोइरालालाई भातृ-शोक

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाका सहोदर भाइ एवम् नेपाली काँग्रेस बाँकेका सभापति डा. अरुण कोइरालाको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा आज बिहान निधन भएको छ ।

ARUN-KOIRALA-BANKEनिमोनियाबाट पीडित ७३ वर्षीय डा. कोइरालाको नेपालमा उपचार सम्भव नभएपछि डेढ महिनाअघि उपचारका लागि नयाँदिल्ली लगिएको थियो । कोइरालाको पार्थिव शरीरलाई सम्भव भएसम्म आजै नेपाल ल्याइने र श्रद्धाञ्जलि तथा दाहसंस्कार भने भोलि मात्र हुने काँग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीले राससलाई जानकारी दिनुभयो ।

विसं २०२७ मा नेपाल विद्यार्थी सङ्घबाट काँग्रेसको राजनीतिमा होेमिनुभएका डा. कोइराला काँग्रेसको बाह्रौँै महाधिवेशनपछि बाँकेको सभापतिमा निर्वाचित हुनुभएको थियो ।