भारतमा भारतिय मूल कै अमेरिकी राजदूत

Richard Rahul Vermaअमेरिकी राष्ट्रपति बाराक अोबामाले भारतका लागि भारतिय मूल कै अमेरिकी राजदूत नियुक्त गरेका छन् । पहिले अमेरिकी विदेश मन्त्रालयका काम गरिसकेका रिचार्ड राहुल वर्मा नयाँ राजदूत नियुक्त भएका हुन् ।
यसअघिकी अमेरिकी राजदूत नान्सी पावेलको विदाइ रमाइलो वातावरणमा भएको थिएन । भारतसँगको सम्बन्ध सुधार्ने हेतुले वर्माको नियुक्ती भएको ठानिएको छ । पहिल्यै, नयाँ दिल्लीको अमेरिकी दूतावासमा डेस्क प्रमुख र उनका एक सहयोगी भारतीय मूलका अमेरिकी रहेको बताइएको छ ।