स्कटल्याण्ड यु.के. मै रहने

Scotland votesविहीवार भएको स्कटिश जनमत सँग्रहमा स्वतन्त्रताको विपक्ष अर्थात् यु.के. गणराज्य मै रहने पक्षमा मतदान भएको छ ।

५५ प्रतिशत मतदाताले नो पक्षमा मत दिए ।

यसअघि, मतदान लगत्तै गरिएको एक मत सर्वेक्षणमा ५४ प्रतिशतले ‘नो’ , अर्थात् स्वतन्त्रता चाहिँदैन भन्ने पक्षमा मतदान हुने देखाएको थियो । मत गणना पुरा हुँदा ‘नो’ पक्षमा २० लाख १ हजार ९२६ मत देखियो भने ‘यस’ पक्षमा १६ लाख १७ हजार ९८९ ले मत दिएका थिए ।