ब्रसेल्स दूतावासको तिहार शुभकामना

nepal embassy brusselsब्रसेल्सस्थित नेपाली राजदूतावासले यस वर्षको तिहार तथा म्ह पूजाको साथै नेपाल सम्वत् ११३५ को शुभ अवसरमा सम्पूर्ण बेल्जियम, नेदरल्याण्डस् तथा लक्जेम्बर्गबासी नेपाली समुदाय तथा अन्य नेपाली दिदीवहिनी र दाजुभाइहरुमा हार्दिक शुभ–कामना व्यक्त गर्दै एक प्रेस विज्ञप्ति जारी गरेको छ । सम्पूर्ण प्रवासी नेपालीजनमा यी पर्व तथा अवसरहरुले पारस्परिक सम्मान र सद्भावको अभिवृद्धि गर्दै आपसी हीत र उन्नतिको बाटोमा लाग्ने प्रेरणा मिलोस भन्ने कामना विज्ञप्तिमा गरिएको छ ।