बेल्जियममा हृदयघातबाट एक नेपालीको मृत्यु, अन्तेष्टि भोलि गरिने

बेल्जियममा एक नेपाली महिलाको हृदयघातका कारण निधन भएको छ| नेपालको मकवानपुर स्थाई घर भै बिगत १० बर्ष Khatunदेखि बेल्जियममा बसोवास गर्दै आईरहेकी सेराजुन खातुनलाई गत बुधवार हृदयघात भई बेल्जियमको ब्रुगे स्थित सिन्टयान अस्पतालमा भर्ना गरीएको थियो| उनको सोमवार निधन भएको हो|

उनको भोलि बुधवार ठिक ४ बजे मुस्लिम परम्परा अनुसार बेल्जियमको गेन्टस्थित Hondelee- १, Zwijnaarde मा अन्तेष्टि गरीने भएको छ|

३० बर्षिय खातुन पछिल्लो समय बेल्जियमको ब्लानकेनबर्गमा श्रीमान् रहिमदिनका साथ बसोवास गर्दै आएकी थिईन| उनका ८ महिने एक छोरा र ५ बर्षिय छोरी रहेका छन|

उनको सन् १९८५ मे ४ मा लमजुङमा जन्म भएको थियो | अत्यन्तै सरल र ईमान्दार खातुनको निधन प्रति बेल्जियममा रहेका नेपालीहरुले शोक व्यक्त गरेका छन|