बेल्जियममा बाग्लुङका पूर्व मेयर शर्माको सम्झना

बेल्जियमका नेपालीहरुले बागलुङ जिल्लाका बामपन्थी नेता तथा पुर्व नगर प्रमुख ऋषिराम शर्माको १२ औ दिनको पुण्य rishiram (1)तिथिमा मंगलबार श्रदाञ्जली सभाको आयोजना गरी श्रद्धान्जलि अर्पण गरेको छन|

बेल्जियमको गेन्टमा सम्पन्न कार्यक्रममा उपस्थित सबैले नेपाली प्रजातान्त्रिक आन्दोलनमा  रहेको उनको योगदानको स्मरण गर्दै श्राद्धान्जलि व्यक्त गरेका थिए| सभामा बाग्लुंग समाज बेल्जियमका अध्यक्ष देबु शर्मा पौडेल, समाजका महासचिब कृष्ण श्रेष्ठ ,नेपाली ब्यबसायी संघ बेल्जियमका सदस्य कमल भारती र संयुक्त नेपाली मोर्चा युरोपका अध्यक्ष सुरेन्द्र भुषालले शर्माको  व्यक्तित्व माथि चर्चा गरेका थिए|बाग्लुंग समाज बेल्जियमका सल्लाहकार गंगाप्रसाद शर्मा आचार्यको  सभापतित्वमा भएको कार्यक्रमको संचालन भने बिनोद तिवारीले  गरेका थिए|rishiram

शर्माको माघ १६ गते हृदयघातका कारण ६१ बर्षको उमेरमा निधन भएको थियो| उनको २०११ साल मंसिर ३ गते जन्म भएको थियो | राजनीति शास्त्रमा एमए र कानुनमा बिएल गरेका शर्माका श्रीमतीका साथै दुई छोरा र दुई छोरी छन् |संविधानसभाको दोस्रो निर्वाचनको पूर्व सन्ध्यामा नेकपा एमाले परित्याग गरी एकिकृत नेकपा माओबादीमा प्रवेश गरेका शर्मा त्यसअघि एमाले केन्द्रिय अनुशासन आयोगको सदस्य थिए भने संविधानसभाको पहिलो निर्वाचनमा समानुपातिक तर्फको एमाले उम्मेदवार समेत रहेका थिए|

२०४१ सालमा अञ्चल अदालत बार एकाईका अध्यक्ष बनेका शर्मा २०४९ मा बागलुङ जिल्ला अदालत बार एकाईको अध्यक्ष, २०५३ मा पुनरावेदन बार एकाईको संस्थापक अध्यक्ष र २०५५ देखी २०६९ सम्म नेपाल बार एशोसियशन कार्यकारीणी परिषद सदस्य बनेका थिए |

-बिष्णु शर्मा