बेल्जियममा नेपालीको तीनतारे होटल|

10363544_323856914439490_3322624559354594916_nबेल्जियमको सेन्ट-निक्लासमा ‘न्यु-फ्लान्दर’ नामक तिनतारे होटल संचालनमा आएको छ|सेन्ट-निक्लास स्टेशन नजिकै रहेको यो होटल बेल्जियममा नेपालीहरुद्वारा खोलिएको पहिलो होटल हो|होटल यहि जुन ११ देखि संचालनमा आएको हो|पहिलो पटक सन् १९८० मा ‘होटल देस फ्लान्दर्स’ को नामबाट होटलको स्थापना गरीएको थियो|

सुबिधायुक्त २० कोठा सहितको यो रेष्टुरेन्ट बेल्जियमको पुरानो तथा ठूलो शहर अन्त्वेर्पेंन देखि २७ कि.मी र पर्यटकीय क्षेत्र गेन्ट देखि ४२ कि.मिको दुरीमा अवस्थित छ|होटलको भूई तलामा ‘कांगाई शुशी’ समेत संचालन गरीएको छ|

जसका नेपाली लगानीकर्ता रहेका छन बेल्जियमस्थित ब्यबसायी अर्जुनकुमार श्रेष्ठ र जापानस्थित ब्यबसायी भुवन भट्ट|लगानीकर्ता श्रेष्ठ एनआरएन युरोप संयोजक हुन् भने भट्ट एनआरएनएका उपाध्यक्ष|श्रेष्ठले सन् २००५ मा शुशी रेष्टुरेन्टबाट आफ्नो पहिलो ब्यबसाय संचालन गरेका थिए|

झन्डै एक दशकदेखि ब्यबसाय तिर लागेका बेल्जियमका नेपालीहरुले पछिल्लो समय ब्यबसायीक सफलता हासिल गर्दै आईरहेका छन्|हाल बेल्जियममा ११५ भन्दा बढी ब्यबसाय नेपालीहरुबाट संचालित छन|hotel