बेल्जियममा नवौं हाजिरजवाफ प्रतियोगिताको आयोजना

साँग्रीला समाज बेल्जियमले स्थापना दिवसको अवसरमा हरेक वर्ष संचालन गर्दै आईरहेको खुला हाजिरी-जवाफ shangrilaप्रतियोगिता यस वर्ष पनि आयोजना गर्ने भएको छ। समाजद्वारा आयोजित यो नबौं हाजिरी-जवाफ प्रतियोगिता हो।
बेल्जियमको लुभेन शहरको सेन्टर स्थित Wereldcafé. Coop Joris Helleputte Plein 23000 Leuven मा कार्यक्रम सम्पन्न हुदैछ।

२०१५ नोभम्बर ८ आईतवारका दिन आयोजना गरिने खुला हाजिरी जवाफ प्रतियोगितामा सहभागी टिमका लागि प्रवेश शुल्क ४० युरो रहेको छ । प्रतियोगितामा प्रथम,द्विप्तिय र तृतिय हुनेलाई क्रमश:५००,३०० र २०० युरो सहित प्रमाणपत्र प्रदान गरिने छ। कार्यक्रममा दर्शकको लागि पनि पुरस्कार रहेको छ| दर्शकको लागि सोधिने प्रश्नहरुमा सवैभन्दा बढी उत्तर मिलाउने एक दर्शकलाई २५ युरो पुरस्कार प्रदान गरिने भएको छ।

प्रत्यक टिममा ३ जनासम्म सहभागी हुनसक्ने छन तर १६ बर्ष भन्दा कम उमेरको प्रतियोगीलाई प्रतियोगितामा भाग लिन दिईने छैन । दिनको ठीक १३ बजे शुरु हुने उक्त प्रतियोगितामा भाग लिन चाहनुहुने प्रतियोगिले यहि अक्टोबर ३० सम्म टिम दर्ता गरिसक्नुपर्नेछ ।
टिम दर्ताको लागि khadkakc@yahoo.com मा ईमेल मार्फ़त साथै खड्क के.सी. – 0484673086 परमानन्द सापकोटा- 0498 21 21 02 दीपेन्द्र के.सी. -0485 30 66 59  र सबिता दाहाल – 0489 55 02 16 लाई सम्पर्क गर्न सक्नुहुनेछ ।

-खड्क बहादुर केसी