बेल्जियममा देउसीभैलोको आयोजना

नेपालीहरुको महान  चाड शुभ-दीपावलीको अवसरमा बेल्जियममा ‘देउसीभैलो तथा शुभकामना साझ’ को आयोजना गरीएको छ |युरो नेपाल कलाकार संघ बेल्जियमले कार्यक्रमको आयोजना गरेको छ |कार्यक्रम बेल्जियमको अन्त्वेर्पेंनमा अक्टोवर  १३ मा  हुदैछ |Enna

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागी मुना ताम्राकारको संयोजकत्वमा एक समिति समेत गठन गरीएको छ |जस अन्तर्गत प्रचारप्रसार समितिमा गडुलध्वज गुरुङ,गीत संगीत तर्फ अमर राना,नृत्यतर्फ सोफिया महर्जन कार्कीका साथै स्वयं सेवक तथा खानपिन व्यबस्थापनको लागी  चौतारी क्लवलाई जिम्मेवारी प्रदान गरीएको छ |

कार्यक्रममा नेपाली बहुल लोक सास्कृतिक गीत तथा नृत्य प्रस्तुत गरीने कलाकार संघले जनाएको छ|कलाकार संघ बेल्जियमले दिपावली पर्वको अवसरमा बिगत ५ बर्ष देखि सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आईरहेको छ|