बिपी चिन्तन प्रतिष्ठान बेल्जियमद्वारा प्रेस बिज्ञप्ति जारी

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा नेपाली काग्रेसले असार ६ देखि भदौ २४ सम्म देशभर विपी स्मृति दिवस मनाउदै छ |नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका दूरदर्शी नेता कोइराला वि.स २०३९ साउन ६ गते निधन भएको थियो|यहि  साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ |यो बर्ष जन्म शताब्दी पनि हो|यसै अवसरमा बिपी चिन्तन प्रतिष्ठान बेल्जियमले प्रेस बिज्ञप्ति जारी गरेको छ|B. P. Koirala

प्रेस बिज्ञप्ति
महामानव विपी कोइरालाको ३२ औं स्मृति दिवसको पुण्य अवसरमा उहाँप्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछौं । महामानव विपी कोइरालाको राजनैतिक दुरदृष्टिका कारण नेपालको राष्टिय अखण्डता अक्षुण भएको थियो । उहाँले गर्नु भएको प्रजातान्त्रिक समाजबादको नेपाल सुहाउँदो वैज्ञानिक व्याख्या अझैपनि व्यावाहारिक रहेको छ । नेपाली काँग्रेसका संस्थापक महान नेता स्वः श्री कोइराला सवै लोकतन्त्रबादीको मन मस्तिस्कमा सदैव रहनु हुने छ भन्दै पुःन स्मरण गर्न चाहान्छौं ।

विपी चिन्तन प्रतिष्ठान काठमाण्डौबाट बेल्जियममा यस प्रतिष्ठानको शाखा खोल्नको लागि भएको परिपत्रको आधारमा नेपाली जनसंपर्क समिति बेल्जियमको मिति १३ जुलाई २०१४ का दिन भएको पदाधिकारीहरुको बैठक र बेल्जियमा रहेका लोकतन्त्रबादीहरु संगको छलफल पश्चात विपी चिन्तन प्रतिष्ठान बेल्जियम गठन भएको कुरा बेल्जियम लगायत डायस्पोरामा रहेका सवै संघसंस्था तथा नेपाली समुदायहरुलाई सहर्ष जानकारी गराउँदछौं । यस समितिको विपी चिन्तन प्रतिष्ठान केन्द्रिय समिति र नेपाली जनसंपर्क समिति बेल्जियमको दायरामा रहेर महामानवका विपी कोइराला सिद्धान्त तथा कृतिहरुलाई आफ्नो स्थानबाट अन्तराष्ट्रियकरण गर्ने नै यस्को विशुद्ध लक्ष्य रहने छ ।
यस समितिको सल्लाहाकार परिषद र कार्यसमिति विस्तारको लागि आन्तरिक गृहकार्य भै रहेकोले यथाशिघ्र यस समितिको विस्तार र सार्वजानिक गरिने नै छ । साथै नेपाली जनसंपर्क समिति बेल्जियम संग परापर्श गरेर यस प्रतिष्ठानका भावि निति तथा कार्यक्रम सार्वजानीक गरिने छ ।

केशव सापकोटा
अध्यक्ष
विपी चिन्तन प्रतिष्ठान बेल्जियम