बेल्जियममा चार दिने नेपाल महोत्सव सम्पन्न

नेपाली पर्यटन प्रवर्द्धन र नेपाली कला संस्कृतिलाई बिदेशमा चिनाउने उद्वेश्यले बेल्जियममा चार दिने नेपाल महोत्सव आईतवार सम्पन्न भएको छ| बेल्जियम-नेपाल फ्रेन्डशिप एसोसिएसनले बेल्जियमको पर्यटकीय क्षेत्र वालोनिको साउद फोन्टिनमा ‘सानो नेपाल’ नामक चार दिने नेपाल महोत्सवको आयोजना गरेको थियो | महोत्वस साउद फोन्टिन स्थित सोर्स ओ रामा हलमा विहिवार देखि शुरु भएको थियो | एसोसिएसन संगको सहकार्यमा एनआरएन बेल्जियमले हरेक बर्ष गर्दै आईरहेको नेपाल महोत्सव यस पटक भने शनिवार र आईतवार गरी दुई दिन सम्म सोहि स्थानमा सम्पन्न गर्यो |

महोत्सव हल सोर्स ओ रामा भित्र बुद्व मण्डेला निर्माण गरीएको थियो भने भित्तामा नेपालको प्राकृतिक र सांस्कृतिक परिदृश्य झल्किने तस्विरहरु टागीएका थिए | भित्र पट्टि सिनेमाहल जस्तै लाग्ने कोठामा अग्रेजी भाषामा तयार गरीएको नेपाल सम्वन्धि वृतचित्र निरन्तर प्रदर्शन गरीएको थियो भने माथिल्लो तलामा नेपाली रेस्टुरेन्ट संचालन गरीएको थियो |

शनिवार एनआरएन बेल्जियमद्वारा आयोजना गरीएको महोत्सवको ईयु तथा बेनेलक्सका लागी नेपाली राजदूत राममणि पोखरेल र साउद फोन्टिन 7
नगरपालिकाका मेयर डेनियल वेकलेनले संयुक्त रुपमा उदघाटन गरेका थिए| मेयर वेकलेनले महोत्सवले दूई देशको सम्वन्ध प्रगाढ बनाउने धारणा व्यक्त गरे| एसोसिएसनका अध्यक्ष फ्रान्क वेर्मीर्स्चले नेपाल प्रवर्द्धन कै निम्ति महोत्सवको आयोजना गरेको जानकारी गराउदै यस्ता किसिमका कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धन तथा कला संस्कृतिको आदानप्रदान र आपसी सम्वन्धलाई अरु बलियो बनाउने बताए|

प्रमुख अतिथिको रुपमा राजदूत पोखरेलले नेपालको बिबिध आयामहरुको बारेमा चर्चा गर्दै नेपालमा जलश्रोत,कृषि र पर्यटन क्षेत्रमा लगानीका प्रसस्त संभावना रहेको जानकारी गराएका थिए | उनले नेपाल-बेल्जियम सम्वन्धको ५० औ बर्षको अवसरमा आयोजित महोत्सवमा मेयर वेकलेनलाई बुद्वको मूर्ति उपहार दिएका थिए भने मेयर वेकलेनले राजदूतलाई साउद फोन्टिन बारेको पुस्तिका उपहार दिएका थिए|   3
कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले एसोसियसन सगको सहकार्य तथा साउद फोन्टिन नगरपालिकाको सहयोगमा आयोजित महोत्सव नेपाल प्रवर्द्धनको निम्ति प्रभावकारी भएको बताए | उनले कार्यक्रममा मेयर वेकलेनलाई काठको सुन्दर आँखीझ्याल उपहार दिएका थिए|

1

महोत्सवमा बेलायतबाट आएको प्रथम नौमती बाजा गुल्मीले नौमती पन्चेबाजा बजाएको थियो भने स्थानीय कलाकारहरुले गीत नृत्य प्रस्तुत गरेका थिए| महोत्सवका नेपाली स्टलहरुमा बिशेष गरेर नेपाल चिनाउने हस्तकलाका सामाग्री, पर्यटकीय क्षेत्रको जानकारी र कला संस्कृति झल्किने सामाग्रीहरुको प्रदर्शनी तथा बिक्रीवितरण गरीएको थियो|4

महोत्सव सयौ युरोपियन नागरिकले अवलोकन गरेका थिए| अवलोकनकर्ताहरुले नेपाली सामाग्री र नेपाल पर्यटन सम्वन्धमा चासो राखेका थिए| एनआरएन बेल्जियमले एसोसिएसन कै सहयोगमा साउद फोन्टिन डाँडामा रहेको शहिद स्मारक पुगी विश्वयुद्वको क्रममा बेल्जियममा आई शाह्दात प्राप्त गरेका गोर्खा सैनिकको सम्मानमा शनिवार श्रद्धाञ्जली सभाको आयोजना गरी महोत्सवको शुरुवाती गरेको थियो | सभामा बेलायतबाट आएका १० भूतपूर्व गोर्खा सैनिकले सलामी अर्पण गरेका थिए|8

महोत्सव स्थल पारी अर्को हल गारे दि साउथमा प्रदर्शनमा राखिएका नेपालको रागीनी आर्ट भिजेलका सुन्दर पेन्टिङहरु आगन्तुकका लागी आकर्षणको केन्द्र बनेका छन् |प्रदर्शनीमा प्रकृतिको महान शक्ति र जीवनचक्रमा हिन्दु पौराणिकतालाई तादात्म्य गर्दै प्रकृति र देवताको सुमधुर अन्तरसम्वन्धलाई दर्शाउने सुन्दर चित्रहरु राखिएका छन् | पेन्टिङहरु प्रदर्शन कै लागी नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति समेत रहेकी रागिनी उपाध्याय महोत्सवमा आएकी छन् |अवलोकनकर्ताहरुले चित्रको बारेमा अभिरुचिका साथ जानकारी लिएको उनले बताईन | चित्र र नेपालको भौगोलिक सुन्दरताबारे अवलोकनकर्तालाई जानकारी गराएको बताउदै कतिपयले नेपाल जाने ईच्छा प्रकट गरेको समेत बताईन |&

महोत्सव उदघाटनको दिन मेयर डेनियल वेकलेनर,राजदूत पोखरेलका साथै अन्य विशिष्ट व्यक्तिहरुले पेन्टिङहरुको अवलोकन गरेका थिए| पेन्टिङ प्रदर्शनी आईतवार सम्म चल्नेछ |

महोत्सवमा युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजका अध्यक्ष आक्सेल गोथाल्स,बेल्जियमका लागी अवैतनिक महाबाणिज्यदूतहरु,एनआरएनका प्रमुख संरक्षक राम प्रताप थापा,एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ट लगायत ब्यापारी तथा निजि क्षेत्रका प्रतिनिधिहरु र गैर आवासीय नेपाली समुदायका सदस्यहरु सहभागी भएका थिए|

एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङको अध्यक्षता र महासचिव माधब सापकोटाले संचालन गरेको कार्यक्रममा एनआरएन बेल्जियमका आईसीसी सदस्य शिवकुमार बरुवालले महोत्सव बारे धाराणा राखेका थिए |