गणेशमान सिंह अध्ययन केन्द्र बेल्जियम गठन

नेपालका बरिष्ठ राजनीतिज्ञ, प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनान्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिहको सम्झनामा बेल्जियममा ganesha man sinhaगणेशमान सिंह अध्ययन केन्द्रको गठन गरीएको छ| जनसंपर्क समिती बेल्जियमका उपाध्यक्ष यकेन्द्र श्रेष्ठको अध्यक्षतामा गणेशमान सिंह अध्ययन केन्द्र गठन गरीएको हो|जसमा कमल पन्थी सचिव,रामु खरेल,सागरदास श्रेष्ट र बाबुराजा लामा सदस्य रहेका छन्|गणेशमान सिंह अध्ययन केन्द काठमाण्डौले जनसम्पर्क समिति बेल्जियमलाई गणेशमान सिंह अध्ययन केन्द्र खोल्नु भनि परिपत्र गरे अनुसार येकेन्द्र श्रेष्ठको अध्यक्षता समिति गठन गरीएको  छ |बेल्जियममा रहेका जनसम्पर्क समितिका सदस्यहरु माझ सल्लाह गरी समिति बिस्तार गरीने योजना रहेको एक सदस्यले बताए|

यसै गरी विपी चिन्तन प्रतिष्ठानको परिपत्र अनुसार जन सम्पर्क समिति बेल्जियमले  केशब सापकोटाको अध्यक्षतामा विपी चिन्तन प्रतिष्ठान वेल्जियमको समेत स्थापना गरेको छ | यस अघि नै जनसम्पर्क समिति बेल्जियममा बिबाद रहेको बेला बिपी प्रतिष्ठान बेल्जियमको स्थापना भएको थियो |जसमा जनसम्पर्क समितिका प्राय असन्तुष्ठ सदस्यहरु  प्रतिष्ठानमा थिए|बिपी प्रतिष्ठान बेल्जियमले आफ्ना गतिबिधिहरु  बिपी प्रतिष्ठानलाई जानकारी गराउदै  मान्यता लिने तयारीमा छ भने भने जन सम्पर्क समिति बेल्जियमले जनसम्पर्क समिति बेल्जियमको समानान्तर समितिको रुपमा गठन गरेको आरोप लगाउदै आएको छ|प्रतिष्ठानको अध्यक्षमा ध्रुब पौडेल रहेका छन|

विपी चिन्तन प्रतिष्ठान वेल्जियम र गणेशमान सिंह अध्ययन केन्द्र बेल्जियम भने जन सम्पर्क समिति बेल्जियम कै मातहतमा रहने गरी गठन गरीएको जन सम्पर्क समिति बेल्जियमका एक सदस्यले बताएका छन|