बेल्जियमबाट स्वास्थ्य चौकीलाई सहयोग

बेल्जियममा रहेका नेपालीहरुले बाग्लुङको मुलपानी उपस्वास्थ्य चौकीको मर्मत संभारकोलागी चौतिस हजार चारसय पचास रुपैया सहयोग स्वरूप प्रदान 1919625_721842491226149_7949221275434180023_nगरेका छन् | बाग्लुंग समाज बेल्जियमका उपाध्यक्ष मोहन पन्तले एक कार्यक्रमका बीच उक्त रकम मुलपानी  उपस्वास्थ्य चौकी कालिमाटीका ब्यवस्थापन समितिका अध्यक्ष खगराज पाण्डेलाई हस्तान्तरण गरेका थिए|

पन्तले उक्त रकम बेल्जियमका नेपालीहरुबाट संकलन गरेका थिए| बेल्जियमका देबेन्द्र शर्मा पौडेल २५ युरो, कृष्ण श्रेष्ठ-२५ युरो, पार्वती अधीकारी २५ युरो, हरी शर्मा २१ युरो, कल्पना मगर २० युरो, दीपेन्द्र केसी २० युरो, सलामी मगर २० युरो, ओम गुरुङ १५ युरो, सुर्य ढकाल ११ युरो, ब्रुसेलनेपाल डट्कम १० युरो, रेशम बहादुर क्षेत्री १० युरो, मिना खड्का १० युरो, सिता सापकोटा १० युरो, ईन्द्र क्षेत्री पकवान १० युरो र मनोज काफ्लेले ५ युरो गरी सहयोग गरेका थिए|