बेल्जियमद्वारा अल्जेरिया पराजित|

पुरै समय दबाबमा राखेको बेल्जियमले अल्जेरियासँग १ विरूद्ध २ गोल गरी जित्योबेल्जियमले विश्वकप २०१४ मा मंगलवार अल्जेरियालाई हाराउदै समूह एचमा शुरुवाती अग्रता लिन सफल भएको छ|स्टोडियो मेरेनियो रंगशालामा भएको खेलमा बेल्जियमले अल्जेरियालाई २-१ ले पराजित गर्यो|

अल्जेरियाले २४ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सोफिने फेघोलीले गोलमा परिणत गरे पछी एक गोलले पछी रहेको बेल्जियमलाई ७० औ मिनेटमा म्यानचेस्टर युनाइटेडका मरोउने फेलानीले बराबरीमा ल्याएका थिए|उनले हेडबाट गोल गरेका थिए|यसै गरी नेपोलीका खेलाडी डि्रस मार्टेन्सले ८० औं मिनेटमा एडन हेजार्डको पासमा विजयी गोल गरेका थिए|बेल्जियमले दोस्रो हाफमा उत्कृष्ट खेल रच्दै अल्जेरियालाई दबाबमा राख्न सफल रह्यो|

सन् १९८४ मा मेक्सिकोमा भएको विश्वकपकपमा उत्कृष्ट खेल खेल्दै चौथो भएको बेल्जियम यस प्रतियोगितामा बलियो टिमका रूपमा रहेको छ ।अरु टिममा रुस र दक्षिण कोरिया रहेका छन|