बेल्जियममा सन् २०१३ मा सम्पन्न भएको अन्तर्राष्ट्रिय व्यापारिक मेलाका विषयमा नेपाली व्यवसायी संघ बेल्जियमले एक प्रेस विज्ञप्ति जारी गर्दै मेला सम्पन्न गर्न आफ्नो भूमिका निर्वाह गर्ने मेला संयोजक समितिका संयोजक अर्जुनकुमार श्रेष्ठ एंव संघका तात्कालिक अध्यक्ष हरीकुमार थपलियाका साथै मेला सम्पन्न गर्न सहयोग गर्ने सबै व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरेको छ I
नेपाली व्यवसायी संघ बेल्जियम द्वारा जारी प्रेस विज्ञप्ति जस्ताको तस्तै![ACCENTA-250x202](https://i0.wp.com/www.infomala.com/wp-content/uploads/2016/03/ACCENTA-250x202-250x202.jpg?resize=250%2C202)
![ACCENTA-250x202](https://i0.wp.com/www.infomala.com/wp-content/uploads/2016/03/ACCENTA-250x202-250x202.jpg?resize=250%2C202)
बेल्जियमको गेन्टमा सन् २०१३ मा सम्पन्न अन्तर्राष्ट्रिय व्यापारीक मेला आसेन्ता र अतिथि राष्ट्र नेपालको सहभागिता लाइ लिएर केहि अनलाइन न्युज पोर्टलमा प्रकाशित बिभिन्न भ्रमपूर्ण समाचार प्रति नेपाली व्यवसायी संघ बेल्जियमको गंभिर ध्यानाकर्षण भएको छ I
मेला समापन पश्चात मिति २०१३ अगस्त ८ मा बेल्जियमको अन्त्वेर्पेंन सहरमा मेला आयोजक समितिको मूल्यांकन बैठक सम्पन्न भइ सम्पूर्ण गतिबिधिलाइ पारदर्शीरुपमा सार्वजनिक गरी मिति ११ अगस्त नेपाली दूतावास ब्रसेल्स, नेपाल उधोग बाणिज्य महासंघलाई बुझाएको र नेपाल प्रवर्द्धनको लागी नेपाल देखि सहभागिता जनाउनु हुने उधोगी व्यवसायीहरुको छनोट एंव प्रक्रिया विषयमा मेला आयोजक समिति संलग्न नरहेको स्पस्ट पार्ने गरि पेस गर्नुभएको कागजातहरु र अन्य प्रमाणहरु को आधारमा र कुनै प्रमाण भेटिएमा आफु कानुनी कठघरामा उभिने प्रतिवद्दताको आधारमा नेपाली व्यवसायी संघका पुर्व अध्यक्ष तथा बर्तमान संरक्षक तत्कालिन मेला आयोजक समितिका संयोजक श्री अर्जुन कुमार श्रेष्ठ को कुनै दोष नदेखिएको नेपाली व्यवसायी संघ बेल्जियम ठहर गर्दछ साथै भबिस्यमा पिडित भएको प्रमाण सहित कसैले कानूनी उजुरी दिएमा पिडितलाई सहयोग गर्ने प्रतिवद्दता समेत ब्यक्त गर्दछ I
मेला भव्यरुपमा सम्पन्न भएको झन्डै तिन वर्षको समयमा केहि अनलाइन न्युज पोर्टलले परिचय एंव श्रोत नखुलेको अडियो तथा बेल्जियमको एक जिम्मेवार सामाजिक सस्थाको बैठकको अडीयोलाई समेत आधार बनाइ नेपाली व्यावसायी संघ बेल्जियमका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक, तात्कालिक मेला आयोजक समितिका संयोजक श्री अर्जुनकुमार श्रेष्ठलाई र यस्ता संबेदनसिल बिषयमा अन्य बेल्जियमका व्यवसायी साथीहरुलाई लक्षित गरी व्यक्तिको सामाजिक प्रतिष्ठामा आच आउने एंव मानहानी हुने किसिमले सम्प्रेषण गरिएका तथ्यहिन, भ्रमपूर्ण समाचार प्रति घोर आपत्ति प्रकट गर्दछौ।
सामाजिक बिचलन ल्याउने यस्ता खालका समाचार प्रति सचेत रहन ,नियोजित र भ्रामक समाचारलाई निरुत्साहित पार्न सबै पत्रकार र मिडियाकर्मी साथीहरुलाई हार्दिक अपिल पनि गर्दछौं I
तसर्थ सामाजिक कार्यमा उत्प्रेरणा थप्नुको सट्टा नियोजित किसिमले सम्प्रेषण गरीने समाचारले प्रवासी नेपाली समाजको हित गर्दैन। सामाजिक कार्यमा सक्रिय व्यक्तित्वलाई सम्मान र उर्जा प्रदान गर्नु सबैको सामाजिक कर्तव्य हो। नेपाल प्रवर्द्धनको हिसावले उक्त मेलालाइ निकै महत्वपूर्ण र प्रभावकारी बनाउन सफल हुनु भएकोमा तात्कालिक संयोजक श्री अर्जुनकुमार श्रेष्ठ एंव अध्यक्ष हरीकुमार थपलियाका साथै सम्पूर्ण व्यक्तित्वलाई हार्दिक धन्यवाद दिन चाहन्छौं I
चेत प्रसाद भट्ट
अध्यक्ष
यामु निरौला
महासचिव
नेपाली व्यावसायी संघ बेल्जियम
मिति :-८ मार्च २०१६ मंगलवार